Shikhar Insurance
National Life

व्यावसायिक चियाखेतीबाट वार्षिक ३० लाखसम्म आम्दानी गर्दै भोजपुरका रञ्जित

सिंहदरबार संवाददाता
२०८१ जेष्ठ ११, शुक्रबार १२:३९
Hyundai
NCELL
NIMB

भोजपुर । टेम्केमैयुङ गाउँपालिका-३ का ३५ वर्षीय रञ्जित गिरी चियाखेतीमा लागेको एक दशक नाघ्यो । बुबा शरमान गिरीले सुरु गरेको चियाखेतीलाई अगाडि बढाएका उनको दैनिकी चियाका बोटको हेरचार, स्याहार र प्रशोधनमै बित्छ ।

असी रोपनी क्षेत्रफलमा फैलिएको चियाबगानलाई उनले यतिबेला पर्यटकीय गन्तव्य बनाउन सक्रिय भएका छन् । “यहाँ घुम्न आउने आन्तरिक तथा बाह्य पर्यटकलाई लक्षित गरेर चिया बगानभित्रै टेम्के फनपार्क तथा रिसोर्ट सञ्चालन सुरु गरेको छु । रिसोर्ट निर्माणपछि पर्यटकहरु बिस्तारै बढ्न थालेका छन्” रञ्जित गिरीले बताए ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

करिब एक वर्षअघिबाट सञ्चालनमा आएको रिसोर्टमा ९० लाख लगानी गरेका छन् । चियाखेतीबाट आम्दानीसँगै बगानमा पर्यटक बढाउन पनि सकिने उनको विश्वास छ । विसं २०७६ देखि गुरास चिया उद्योग सञ्चालन गरिरहेका उनको यो उद्योग भोजपुरमा एक्लो हो । हालसम्म चियाका लागि करिब २ करोड ५० लाख लगानी गरेका उनले आफूले उत्पादन गरेको चियाले नेपाल चिया तथा कफी विकास बोर्डबाट टे«डमार्कसमेत पाइसकेको उनले जानकारी दिए ।

“अग्र्यानिक चिया भएकाले देशका ठूला सहरसँगै विदेशसम्म जान थालेकाले चिया बजारीकरणमा कुनै समस्या छैन”, उनले भने । गिरीले चियाले उचित मूल्य पाएमा वार्षिक २५ देखि ३० लाखसम्म आम्दानी गर्न सकिने उनले बताए । उनले हाल अग्र्यानिक हरियो चिया (ग्रिनटी) प्रतिकेजी १ हजार आठ सय, कालो चिया १ हजार दुई सय र सिल्भर चिया ३० हजारमा बिक्री गर्दै आएका छन् । उनले चिया उद्योग सञ्चालनका लागि कोशी प्रदेश सरकारबाट प्रोत्साहनस्वरुप १७ लाख ५० हजार अनुदान पनि पाइसकेका छन् ।

उनले भने,“चियाखेतीबाट आम्दानी राम्रो छ, अब पर्यटकीय गन्तव्यका रुपमा विकास गर्ने योजना बनाएका छौँ । चियाखेती हुने क्षेत्रफल बढाउने पनि योजना छ ।” हाल उनको उद्योगमा पाँच जनाले रोजगारी पाइरहेका छन् । बगानमा उत्पादन भएको चिया एक महिनामा चार पटकसम्म टिप्न सकिने गिरीले जानकारी दिए । उनले चियाको नर्सरीसमेत आफैँ गर्दै आएका छन् भने किसानलाई आवश्यक परामर्श पनि दिन्छन् । युवा व्यवसायी गिरीलाई प्रोत्साहन गर्नका लागि वडा कार्यालयका तर्फबाट सडक मर्मतका लागि ३ लाख उपलब्ध गराइएको वडाध्यक्ष पूर्णप्रसाद राईले बताए ।

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्