Shikhar Insurance
National Life

महिला एसिया कप क्रिकेटका लागि नेपाली टोली घोषणा

सिंहदरबार संवाददाता
२०८१ जेष्ठ १०, बिहीबार १५:५६
Hyundai
NCELL
NIMB

काठमाडौं । नेपाल क्रिकेट सङ्घ (क्यान) ले एसिसी महिला एसिया कप क्रिकेट प्रतियोगिताका लागि आज २८ सदस्यीय प्रारम्भिक टोली घोषणा गरेको छ । एसियाली क्रिकेट काउन्सिल (एसिसी) का आयोजनामा हुने महिला एसिया कप क्रिकेट प्रतियोगिताका लागि इन्दु बर्माको कप्तानीमा नेपाली टोली घोषणा गरेको हो ।

प्रतियोगिता आगामी जुलाई १९ देखि २८ तारिखसम्म श्रीलङ्कामा हुँदै छ । छनोट हुने अन्य नेपाली सदस्यमा सबनम राई, रुबिना क्षेत्री, सीता राना मगर, खुसी डङ्गोल, विन्दु रावल, कविता कुँवर, रुबी पोदार, लक्ष्मी साउद, यशोदा विष्ट, कीर्तिका मरासिनी, सोनी पाख्रिन, राजमती ऐरी, हेलिशा गुरुङ र सम्झना खड्का छन् ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

यस्तै, अलिशा खाडिया, कविता जोशी, अप्सरी बेगम, काजोल श्रेष्ठ, सङ्गीता राई, आरती महतो, रोमा थापा, सावित्री धामी, ममता चौधरी, करुणा भण्डारी, पूजा महतो, अस्मिना कर्माचार्य र डोली भट्ट छन् । प्रतियोगितामा नेपाल समूह ‘ए’ मा परेको छ । नेपालको समूहमा भारत, पाकिस्तान र संयुक्त अरब इमिरेट्स तथा ‘बी’ मा श्रीलङ्का, बङ्गलादेश, मलेसिया र थाइल्यान्ड छन् ।

GBIME
Nabil Bank

प्रतिक्रिया दिनुहोस्