Shikhar Insurance
National Life

यूनिटेक हाइड्रोपावरको साधारण सभा जेठ ३१ गते

सिंहदरबार संवाददाता
२०८१ जेष्ठ १०, बिहीबार ११:१९
Hyundai
NCELL
NIMB

काठमाडौं । यूनिटेक हाइड्रोपावर कम्पनी लिमिटेडले साधारण सभा आह्वान गरेको छ । कम्पनीको जेठ ८ गते बसेको संचालक समितिको बैंठकको निर्णय अनुसार जेठ ३१ गते दिनको ११ बजे कम्पनीको रजिष्टर्ड कार्यलय, कामपा बडा नं. ३१ मा बस्ने गरी सभा आह्वान गरेको हो ।

सभामा सञ्चालक समितिका तर्फबाट अध्यक्षले पेश गर्ने आव २०७९/०८० को वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गर्नेछ । आव २०७९/८०को वासलात तथा नाफा नोक्सान हिसाव, नगद प्रवाह विवरण सहितको लेखा परिक्षण प्रतिवेदन उपर छलफल गरी पारित गर्ने सभाको एजेण्डा रहेको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

सञ्चालक समितिको निर्णय अनुमोदन गररी रिक्त सञ्चालकको पदपूर्ति गर्ने, नयाँ कम्पनी संस्थापना तथा सो कम्पनीमा लगानी गर्ने र अधिकृत, जारी र चुक्ता पूँजी वृद्धि गरी सो बमोजिम प्रवन्ध पत्रको आवश्यक खफा संशोधन गरी पारित गर्ने सभाको प्रस्ताव रहेको कम्पनीले जानकारी दिएको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्