Shikhar Insurance
National Life

कुमारी बैंकको २ लाख ८७ हजार कित्ता सेयर बिक्रीमा

सिंहदरबार संवाददाता
२०८१ जेष्ठ १०, बिहीबार १०:४६
Hyundai
NCELL
NIMB

काठमाडौं । कुमारी बैंक लिमिटेडले संस्थापक सेयर बिक्रीमा ल्याएको छ । बैंकले दुई जना संस्थापक सेयरधनीहरुको नाममा रहेको २ लाख ८७ हजार ५ सय ३७ कित्ता सेयर बिक्रीमा ल्याएको हो ।

बैंकले संस्थापक सेयरधनी गोविन्द दाहालको नाममा रहेको १ लाख ६७ हजार ३७ कित्ता, चक्रधरी दाखालको नाममा रहेको १ लाख २० हजार ५ सय ३ कित्ता सेयर बिक्रीमा ल्याएका छन् ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

उक्त सेयरको खरिद बिक्री मूल्य भने तोकिएको छैन् । सेयर खरिद गर्न इच्छु संस्थापक सेयरधनीहरुले आवश्यक कागजात संकलन गरी सूचना प्रकाशन भएको ३५ दिनभित्र बैंकको सेयर रजिष्ट्रार, कुमारी क्यापिटल लिमिटेड काठमाडौं नक्साल वा बैंकको प्रधान कार्यालय टंगालमा आइपुग्ने गरी आवेदन दिन सक्नेछन् ।

साथै, तोकिएको समयमा संस्थापक सेयरधनीहरुबाट आवेदन नपरेको खण्डमा बैंकले कानुन बमोजिम अन्य व्यक्ति वा संस्थालाई बिक्री प्रक्रिया अगाडी बढाउने एक सूचनामार्फत जानकारी गरेको छ ।

 

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्