Shikhar Insurance

इभी गाडीमा किलोवाट छली:  ६ करोडको मेसिन ल्याउँदा थपिन्छ ५ अर्ब बढी महशुल

प्रकाश वाग्ले
२०८१ जेष्ठ १०, बिहीबार ०८:५७
NIMB
Nabil Bank

काठमाडौं । विद्युतिय गाडी आयातकर्ताहरुले किलोवाट छलि गरेको विषयमा भन्सार विभागले अध्ययन गरिरहेको छ । विभागले किलोवाट छलिको विषयलाई लिएर प्रमाण संकलन गरिरहेको हो ।

सरकारको प्राविधिक कमजोरीको फाइदा लिएर कम्पनीहरुले धमाधम किलोवाट छलि गरी गाडी आयात गरिरहेका छन् । यदी सरकारले थोरै मात्रै खर्च गर्ने हो भने ५ अर्ब भन्दा बढी राजस्व थप हुने देखिएको छ ।

Citizen Life
Kumar Bank

सरकारले  किलोवाट अनुसार विद्युतिय गाडीमा भन्सार दर फरक पारेसँगै व्यापारीहरुले सय किलोवाट भन्दा कम कागजात देखाएर गाडी जाँचपास गराइरहेका छन् ।

विभागका अनुसार सय किलोवाट भन्दा कम क्षमताको गाडी र सय किलोवाट भन्दा बढी क्षमता भएको गाडीमा २० देखी २५ प्रतिशतसम्म महसुल फरक पर्छ । यसैको लाभ उठाउन आयातकर्ताहरुले धमाधम गाडीको किलोवाट घटाएर आयात गरिरहेका छन् ।

व्यावसायीहरुले किलोवाट छलि गरेर सवारी आयात गर्न थालेपछि विभागले सवारी परिक्षण कार्यालयका इन्जिनियहरुसँग पनि परामर्श गरिसकेको छ ।

विद्युतिय गाडीको मोटर क्षमता नाप्नका लागि २ वटा विधि छ । पहिलो चेसिस डाइनामो मिटर र अर्को इन्जिन डाइनामो मिटर । सवारी परिक्षण कार्यालय टेकुसँग रहेको चेसिस डाइनामो मिटर हो ।

चेसिस डाइनामो मिटर

यो मिटरले गाडीको टायर घुमेको आधारमा क्षमता मापन गरिन्छ । तर यो मिटरले वास्तविक क्षामता मापन गर्न नसकिने कार्यालयका प्रमुख सिनियर डिभिजन इन्जिनियर मणिराम भुषालले बताए । उनका अनुसार अहिले सो मिटरलाई सजिलै ढाट्ने सक्नेगरी गाडी आयात भैरहेको छ ।

विद्युतिय गाडीमा ब्याट्री म्यानेजमेन्ट सिस्टम (बिएमएस) प्रणाली जडान गरिएको हुन्छ । सो प्रणालीले गाडीको ब्याट्री तथा मोटरलाई कम पावर जेनेरेट गर्न निर्देशन दिन सक्छ । सावारी परिक्षण कार्यालयमा रहेको चेसिस डाइनामो मिटरले गाडीको चक्कामा उत्पन्न हुने पावरलाई मापन गरी किलोवाट निर्धारण गर्ने गर्छ ।

इन्जिन डाइनामो मिटर

परिक्षणको समयमा बिएमएस प्रणालीको प्रयोग गरी कम पावर जेनेरेट गर्न निर्देशन दिए कम पावर मात्रै उत्पन्न हुन्छ । यसले विद्युतिय गाडीको वास्तविक किलोवाट पत्ता लगाउन सक्दैन ।

भन्सार कार्यालयका कर्मचारीहरु पनि आयातकर्ताले किलोवाट छलिको लागि निकालेको उपायबारे जानकार छन् । तर यातायात कार्यालयले नै ९९ किलोवाट भएको पत्र भन्सारलाई उपलब्ध गराएपछि समस्यामा परेका छन् ।

भन्सार कार्यालयका एक जाँचपास अधिकृतले भने, ‘नेपालमा आयात भएको सोहि कम्पनीको मोडेलको गाडी अन्य देशमा हेर्दा धेरै किलोवाटको देखाउँछ, तर सोही ब्राण्डको गाडी कागजमा कम किलोवाटको देखाइएको छ ।’

विभागले गरेको आन्तरिक अध्ययनमा अधिकांस इभी कम्पनीहरुले किलोवाट छलि गरी गाडी आयात गरेको अध्ययनमा देखिएको छ । तर गाडी कम्पनीलाई थप महसुल तिराउन भने अर्थमन्त्री वर्षमान पुन तयार हुनुपर्छ ।

इन्जिन डाइनामो मिटर ल्याए थपिन्छ ५ अर्ब बढी राजस्व

इभी गाडीको वास्तविक मोटर क्षमता र किलोवाट पत्ता लगाउन इन्जिन डाइनामो मिटर आवश्यक पर्छ । यो मेसिनको करिब ६ करोड हाराहारी पर्ने परिक्षण कार्यालयका प्रमुख भुषाल बताउँछन् ।

उनका अनुसार यो मेसिनले इभीको क्षमता पत्ता लगाउन गाडीबाट ब्याट्री र मोटरलाई छुट्याउनु पर्छ । प्रमुख भुषालले भने, ‘इन्जिन डाइनामो मिटरले इभी गाडीको क्षमता मापन गर्दा ब्याट्री र मोटरमा सिधैं जोड्ने गरिन्छ, जसमा बिएमएस प्रणालीको अवरोध हुदैन ।’

सरकारले भन्सारमा आयातकर्तालाई नै सेल्फ डिक्लियरिएन्सको अवसर दिने गरेको छ । पेट्रोलियम पदार्थबाट चल्ने गाडी तथा मोटरसाइकलमा अहिलेसम्म यस्तो समस्या आएको छैन । तर विद्युतिय गाडीमा भने समस्या देखिएको हो । अहिले अधिकांस सवारीले किलोवाट छलि गरेर गाडी आयात गरिरहेका छन् ।

यदी इन्जिन डाइनामो मिटर ल्याएर सवारी जाँच गर्ने हो भने पाँच अर्ब भन्दा बढी राजस्व जाँचपास भैसकेका गाडीबाट असुल गर्न सकिने अनुमान भन्सार विभागको छ ।

पारामाउन्ट मोटर्सले भित्र्याएको एमजी ब्राण्डको एक मोडेल विद्युतिय गाडी सुरुमा १५० किलोवाटमा भित्रिएको भन्सार विभागको तथ्यांक छ । तर कम्पनीले सोहि मोडेलको गाडी ५१ किलोवाट घटाएर अर्थात ९९ किलोवाटमा आयात गर्न थालेको छ ।

कम्पनीले ९९ किलोवाटको निर्माण गर्न लगाएर आयात गरेको दाबी गरेको छ । यस्तै, सारदा ग्रुपले भित्र्याएको ओमोडा ई ५ र एमएडब्लु वृद्धिले भित्र्याएको डीपल एस०७ मा स्पष्ट किलोवाट छलि गरेका छन् ।

यसैगरी बीवाईडीको केहि मोडेलमा पनि किलवाट छलि भएको भन्सार विभागको अनुमान छ । विभागका अधिकारीहरु भने अहिले व्यापारीहरुले मन्त्री र शक्ति केन्द्र रिझाएपनि एक न एक दिन जरिवाना सहित भन्सार महसुल थप गर्नुपर्ने तर्क छ ।

 

GBIME
siddhartha bank

प्रतिक्रिया दिनुहोस्