Shikhar Insurance
National Life

स्काई वाकको टिकट खरिदमा नेपाल एसबिआई मर्चेण्टको ग्राहकलाई २० प्रतिशतसम्म छुट

सिंहदरबार संवाददाता
२०८१ जेष्ठ ९, बुधबार १८:१५
Hyundai
NCELL
NIMB

काठमाडौं । नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्ग लिमिटेड र वोन्डर्स नेपाल प्रालिबीच व्यवसायिक सहकार्य गर्ने सहमति भएको छ । सहमतिपत्रमा वोन्डर्सका तर्फबाट प्रमुख सञ्चालन अधिकृत रोहित ज्ञवाली र नेपाल एसबिआई मर्चेण्टका तर्फबाट प्रबन्ध सञ्चालक तथा प्रमुख कार्यकारी अधिकृत लेखनाथ पोख्रेलले हस्ताक्षर गरेका हुन् ।

उक्त सहमतिपत्रमा नेपाल एसबिआई मर्चेण्ट लेखनाथमार्ग ठमेल, काठमाडौं मार्फत डिम्याट सेवा प्रयोगकर्ता ग्राहकहरुले स्काई वाकको टिकट खरिदमा १ देखि ५ जनासम्मको लागि १५ प्रतिशत र ५ जना भन्दा बढीको टिकट खरीदमा गर्दा २० प्रतिशत सम्म विशेष छुट प्रदान गर्ने सहमति भएको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

कार्यक्रममा नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्ग लिमिटेडका प्रबन्ध सञ्चालक तथा प्रमुख कार्यकारी अधिकृत लेखनाथ पोख्रेलले यस सहकार्यमा जोडिन पाउँदा खुसी लागेको बताए । भने वण्डर नेपालका प्रमुख सञ्चालन अधिकृत रोहित ज्ञवालीले पनि आपसी सहकार्यबाट व्यवसायिक उचाइ हासिल हुने अपेक्षा राखे । समारोहमा दुईवटै संस्थाका कर्मचारीहरुको उपस्थिति रहेको थियो ।

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्