Shikhar Insurance
National Life

कृत्रिम हात उत्पादन गर्न सिटिजन लाइफद्वारा इ–नेबललाई ४ लाख सहयोग

सिंहदरबार संवाददाता
२०८१ जेष्ठ ९, बुधबार १७:४५
Hyundai
NCELL
NIMB

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीद्वारा इ–नेबल नेपाललाई ४ लाख रुपैयाँ सहयोग गरेको छ । कृत्रिम हातको उत्पादन गरि जन्मजात अथवा विभिन्न कारणले आफ्नो हात बालबालिकहारुलाई सहयोग गर्न सिटिजन लाइफले इ–नेबल नेपाललाई ४ लाख चेक हस्तान्तरण गरिएको हो ।

सिटिजन लाइफका प्रमुख कार्यकारी अधिकृत(सीइओ)पोषक राज पौडेल साथै प्रमुख बजार व्यवस्थापन अधिकृत भुषण रिमालद्वारा इ–नेबल नेपालका अध्यक्ष सुरेन्द्र श्रेष्ठ र महासचिब दिनेश राज भण्डारीलाई चेक हस्तान्तरण गरिएको हो । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीको यस सहयोगले इ–नेबल नेपाललाई आउदो समयमा समाजमा रहेका बालबालिकाहरुलाई सहयोग गर्न र सकारात्मक परिवर्तन ल्याउनमा केहि मद्दत हुने इ–नेबल नेपालले आपेक्षा राखेको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

‘अपाङ्गताका कारण कुनैपनी बालबालिकले समाजबाट भेदभाव भोग्नु नपरोस र एक सामान्य व्यक्ति सरि विभिन्न काम गर्न सक्षम भई समाजमा सम्मान रुपमा स्थापित गराउने इ–नेबल नेपालको यस पवित्र उद्देश्यमा साथ दिनु हुन सम्पुर्ण शुभचिन्तकहरुमा आह्वान गर्दछौँ’ इ–नेबल नेपालका अध्यक्ष श्रेष्ठले भने ।

ई–नेबल नेपाल (e-Nable Nepal) सन् २०१८ सालमा स्थापना भएको ई–नेबल नेपालले बिगत ६ बर्ष देखी 3D प्रिन्ट मेसिनको प्रयोग गरी कार्यात्मक कृत्रिम हात (prosthetic hand) को उत्पादन गरि समाजमा रहेका आर्थिक रुपमा कम्जोर अपाङ्गता भएका बालबालिकाहारुलाई निःशुल्क रुपमा वितरण गर्दै आइरहेको छ । जन्मजात अपाङ्गता भएका लगायत विभिन्न कारणले आफ्नो हात/अंग गुमाएका बालबालिकहारुलाई सहयोग गर्ने मुल नाराका साथ आघी बडेको यस गैर सरकारी, गैर नाफा मुलक संस्था अहिलेको समयमा लग्भाग १०० वटा भन्दा बडि देशहरूमा कार्यरत छ भने आहिले सम्म नेपालमै कयौं बालबालिकहारु माझ सहयोग पु¥याउन सफल भएको छ ।

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्