काठमाडौं । साताको अन्तिम कारोबार दिन सेयर बजार दोहोरो अंकले बढेको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १५.५४ अंकले बढेर परिसूचक २११३.४९ को बिन्दुमा पुगेर बजार बन्द भएकोे छ ।
बुधबार १ कारोड ४४ लाख १९ हजार ५ सय २१ कित्ता कारोबार हुँदा ५ अर्ब ६८ करोड ७६ लाख कारोबार भएको छ ।
बुधबार सबैभन्दा धेरै कारोबार नेरुडे लघुवित्त वित्तीय संस्था लिमिटेडको कारोबार भएके छ । कम्पनीको २४ करोड ४२ लाख ८० हजार ४ सय १३ रुपैयाँ ७० पैसा संकलन भएको छ । कम्पनीको सेयर प्रतिकित्ता ७ सय ९० रुपैयाँ पुगेको छ ।
साथै, पोखरा फाइनान्स, सीईडीबी हाइड्रोपावर, र्फस्ट माइक्रोफइनान्स, नबिल बैंक, एनआइसी एशिया बैंक, हिमालयन रि इन्स्योरेन्स, शिवम सिमेन्टको सर्वधिक कारोबार भएको छ ।
प्रतिक्रिया दिनुहोस्