Shikhar Insurance
National Life

१५.५४ अंकले बढ्यो सेयर बजार , साढे ५ अर्ब माथि कारोबार

सिंहदरबार संवाददाता
२०८१ जेष्ठ ९, बुधबार १५:०९
Hyundai
NCELL
NIMB

काठमाडौं । साताको अन्तिम कारोबार दिन सेयर बजार दोहोरो अंकले बढेको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १५.५४ अंकले बढेर परिसूचक २११३.४९ को बिन्दुमा पुगेर बजार बन्द भएकोे छ ।

बुधबार ३१८ कम्पनीको १ कारोड ४४ लाख १९ हजार ५ सय २१ कित्ता कारोबार हुँदा ५ अर्ब ६८ करोड ७६ लाख ८० हजार ९ सय १२ रुपैयाँ ८० पैसाको कारोबार भएको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

बुधबार सबैभन्दा धेरै कारोबार नेरुडे लघुवित्त वित्तीय संस्था लिमिटेडको कारोबार भएके छ । कम्पनीको २४ करोड ४२ लाख ८० हजार ४ सय १३ रुपैयाँ ७० पैसा संकलन भएको छ । कम्पनीको सेयर प्रतिकित्ता ७ सय ९० रुपैयाँ पुगेको छ ।
बुधबार ८१ कम्पनीको सेयर मूल्य बढ्दा १६१ कम्पनीको सेयर मूल्य घटेको छ भने ५ कम्पनीको सेयर मूल्य स्थिर रहेको छ ।

साथै, बुधबार २ कम्पनीको सेयरमा सकरात्मक सर्किट लागेको छ भने मानुषी लघुवित्त वित्तीय संस्था लिमिटेडको ८.०५ प्रतिशतले सेयर मूल्य घटेको छ ।

 

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्