काठमाडौं । साताको चौथो कारोबार दिन सेयर बजार दोहोरो अंकले बढेको छ । नेपाल स्टक एक्सचेन्ज(नेप्से) परिसूचक १५.५४ अंकले बढेर २१३१.४९ मा पुगेको हो ।
बुधबार ३१८ कम्पनीको १ करोड ४४ लाख १९ हजार ५ सय २१ कित्ता सेयर किनबेच हुँदा ५ अर्ब ६८ करोड ७६ लाख ८० हजार ९१२ रुपैयाँ कारोबार भएको छ । बुधबार २ कम्पनीको सेयरमा सकरात्मक सर्किट लागेको छ । सामुदायिक लघुवित्त र बुद्ध भूमी नेपाल हाइड्रोपावरको सेयरमा सर्किट लागेको हो ।
साथै, आज एनएमबी बैंकको ८.४७ प्रतिशत, एग्रीकल्चर डेभलपमेन्ट बैंकको ७.०७ प्रतिशत, नबील बैंकको ६.८८ प्रतिशत सहित १११ कम्पनीको सेयर मूल्य बढेको छ ।
प्रतिक्रिया दिनुहोस्