Shikhar Insurance
National Life

सीजीको बिएलडीसी मोटर र वाइफाइमा आधारित ‘डिशवाशर’ नेपाली बजारमा

सिंहदरबार संवाददाता
२०८१ जेष्ठ ९, बुधबार ११:४८
Hyundai
NCELL
NIMB

काठमाडौं । वर्ल्ड नम्बरवान अप्लाईन्स प्रोडुसर मिडियाको आधिकारिक बिक्रेता सीजी इलेक्ट्रोनिक्सले नयाँ डिशवाशर नेपाली बजारमा सार्वजनिक गरेको छ । सीजीले आधुनिक बिएलडिसी मोटर र वाइफाइ आधारित IoT स्मार्ट सिस्टमको साथमा स्मार्टहोम एपको सुविधा रहेको मिडिया ब्राण्डको नयाँ डिशवाशर सार्वजनिक गरेको हो ।

‘विषेश गरि नेपालमा संयुक्त परिवारहरु हुने गर्छन्, नेपाली घर परिवारको लागि उपयुक्त हुने १२ प्लेट सेटिङले ठूलो परिवारका लागि उपयुक्त क्षमता प्रदान गर्दछ । साथै, नेपाली भान्सामा प्रयोग हुने बिभिन्न प्रकारका चिल्ला भाडाहरु पनि सजिलै सफा गर्दछ यो डिशवाशरमा एलईडी लाइट र डिस्प्ले इन्डिकेटर(LED Light and Display indicator)पनि छ, जसले तपाईँलाई सजिलो निगरानी गर्न मद्दत गर्दछ । आफैं सफा हुने फिल्टर सिस्टमले सजिलो मर्मत र सफाईको सुविधा दिन्छ’ कम्पनीको विज्ञप्तिमा उल्लेख छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

माइडिया डिशवाशरले विशेषगरी सफाई र स्वास्थ्य सुरक्षामा उच्च ध्यान दिएको जनाउँदै कम्पनीले यसको एण्टी ब्याक्टेरियल फीचर र अल्ट्रा हाईजिन (Anti-Bacterial Filter with Ultra Hygiene) प्रणालीले भाँडाहरूलाई ब्याक्टेरिया र कीटाणुबाट सुरक्षित राख्ने जनाए । यो डिशवाशर दुई तहको बास्केट सहित आउँछ, जसले विभिन्न आकार र प्रकारका भाँडाहरू राख्न सजिलो बनाउँछ। बटन कन्ट्रोल (Button Control) प्रणालीले सहज सरसफाईको सुविधा दिने कम्पनीले जनाएको छ । बालबालिकाको सुरक्षा लक (Child Lock) ले बच्चाहरूलाई सुरक्षित राख्न मद्दत गर्दछ।

यसमा डिले टाइमर (Delay timer) समेत छ, जसले तपाईँले चाहेको समयमा डिशवाशरलाई संचालन गर्न सक्छ। ८ प्रकारका प्रोग्राम सेटिङ्सले विभिन्न धुलाई आवश्यकताहरू पूरा गर्ने र पावर वाश (Power Wash) विकल्पले अत्यधिक फोहोर भाँडाहरूलाई सफाई गर्न मद्दत गर्ने कम्पनीको दावी छ ।

‘मिडिया डिशवाशरले तपाईँको भान्साको कामलाई सरल, सफा र सुविधाजनक बनाउनेछ। यसको अत्याधुनिक प्रविधि र सुविधाहरूले आधुनिक परिवारहरूको आवश्यकता र व्यस्ततालाई ध्यानमा राखेर डिजाइन गरिएको छ। सीजी इलेक्ट्रोनिक्सले सधैं गुणस्तरीय र प्रविधियुक्त उत्पादनहरू नेपाली बजारमा ल्याउन प्रतिबद्ध छ। हामीलाई विश्वास छ कि नयाँ मिडिया डिशवाशरले नेपाली उपभोक्ताहरूको मन जित्नेछ’ कम्पनीले आफ्नो विज्ञप्तिमा जनाएको छ ।

मिडिया ब्रान्डका वासिङ मेसिन, वासरड्रायर, माइक्रोवेभ ओभन, एयर फ्रायर, भ्याकुम क्लिनर, इलेक्ट्रिक प्रेसर कुकर, इन्डक्सन, फ्यान हिटर, ओएफआर हिटर, पीटीसी हिटर, फ्यान जस्ता विभिन्न अपलाइन्स नेपाली बजारमा ग्राहकहरूबीच अत्यन्त रुचाइएका प्रोडक्ट हुन् । शक्तिशाली क्षमता र असाधारण कार्यक्षमताको लागि मिडिया ब्रान्ड नेपाली बजारमा परिचित रहेको छ ।

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्