काठमाडौं । संस्कृति मामिला तथा नागरिक उड्डयन मन्त्री हितबहादुर तामाङले आफ्नो सम्पत्ती विवरण सार्वजनिक गरेका छन् । मंगलबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयले सार्वजनिक गरेको विवरण अनुसार तामाङको घर नभएको देखिएको हो ।
तामाङको राष्ट्रिय बाणिज्य बैंक सिंहदरबार काठमाडौंमा ७ लाख ५० हजार आफ्नो तलब भत्ता रहेको उल्लेख गरेका छन् ।
तामाङको आफ्नो र श्रीमतिको नाममा रहेको नुवाकोट र टोखा सरस्वती साविक झोर गा.वि.स २ मा पैतुक र साटासाट गरी कूल खरिद मूल्य ३५ लाख रुपैयाँ रहेको उल्लेख छ ।
उनको सम्पत्ती विवरण अनुसार सुन ८ तोला चाँदी ६ तोला र नगद १३ लाख आफ्नो तलब भत्ताबाट रहेको उल्लेख छ । तामाङले विभिन्न व्यक्तिबाट लिएको २ लाख ५० हजार र दिएको १ लाख ५० हजार रहेको छ ।
प्रतिक्रिया दिनुहोस्