काठमाडौं । शिक्षा, विज्ञान, तथा प्रविधि मन्त्री सुमना श्रेष्ठको सम्पत्ति विवरण सार्वजनिक भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयले सार्वजनिक गरेको विवरण अनुसार श्रेष्ठ नाममा कुनै घर जग्गा नरहेको उल्लेख छ ।
श्रेष्ठको सयुक्त नाममा रहेको काभ्रे जिल्लाको रियालेमा ९ लाख ९५ हजारको जग्गा रहेको उल्लेख गरेकी छिन् ।
उनले आफ्नो नाममा एनआईसी एसिया बैंक र एभरेष्ट बैंकमा १ करोड ५२ लाख रकम पारिश्रमिक रहेको उल्लेख गरेकी छिन् ।
उनीसँग सुन विवाहको बेला उपहार १० तोला र हजुरआमाको शेषपछि प्राप्त भएको १ तोला गरी जम्मा ११ तोला रहेको छ भने विवाहको बेला उपहार पाएको १०० तोला चाँदी र १–१ सेट हिराको हार र हिराको टप हजुरआमाको शेष पछि रहेको उल्लेख गरेकी छिन् ।
उनले नबिल बैंकसहित विभिन्न कम्पनीको सेयर रहेको उल्लेख गरेकी छिन् । उनको सवारी साधनका रूपमा एउटा स्कुटर र २० लाख रुपैयाँमा खरिद गरेको ईभी गाडी रहेको उनले विवरणमा उल्लेख गरेकी छिन् ।
प्रतिक्रिया दिनुहोस्