Shikhar Insurance
National Life

दोलखामा आयोजित ४ दिने हाडजोर्नी शिविरबाट १ हजार बढी लाभान्वित

सिंहदरबार संवाददाता
२०८१ जेष्ठ ८, मंगलवार १५:२७
Hyundai
NCELL
NIMB

दोलखा । दोलखाको पशुपति चौलागाईं स्मृति अस्पतालमा आयोजित निःशुल्क हार्डजोर्नी सर्जिकल शिविरमा एक हजार १ सय बढीले सेवा लिएका छन् । दोलखाको सदरमुकाम चरिकोटमा रहेको अस्पतालमा आयोजित ४ दिने शिविरमा १ हजार एक सय ९५ जनाले सेवा लिएका हुन् ।

रोटरी क्लब अफ काठमाडौं वेष्ट, नेपाल अपाङ्ग सङ्घ, अर्थोपेडिक अस्पताल जोरपाटी काठमाडौं, भीमेश्वर नगरपालिका र पशुपति चौलागाईं स्मृति अस्पतालको संयुक्त आयोजनामा भएको शिविरलाई मेड-सोलुसन फाउन्डेसन स्विजरल्यान्डले प्रायोजन गरेको थियो । शिविरमा वरिष्ठ हाडजोर्नी विशेषज्ञ पाँचजनाको टोलीसँगै एकजना वरिष्ठ एनेस्थेसिस्ट र पाँचजना नर्सले सेवा प्रवाह गरेका थिए ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

नेपाल अपाङ्ग सङ्घ अर्थोपेडिक अस्पताल जोरपाटी काठमाडौंका वरिष्ठ एनेस्थेसिस्ट चिकित्सक संयुक्त आचार्यले शिविरबाट दोलखाका विभिन्न स्थानका बिरामीहरुले सेवा लिएका बताए । वरिष्ठ हाडजोर्नी विशेषज्ञ डा रचित शर्माले शिविरमा ३९ जनाको निःशुल्क शल्यक्रिया गरिएको जानकारी दिए । शिविरपछि चिकित्सकको टोलीलाई पशुपति चौलागाईं स्मृति अस्पतालका अध्यक्ष भरतनारायण प्रधानले धन्यवाद दिए ।

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्