Shikhar Insurance
National Life

२३.९४ अंकले बढ्यो सेयर बजार , कारोबार रकम ५ अर्ब माथि

सिंहदरबार संवाददाता
२०८१ जेष्ठ ८, मंगलवार १५:११
Hyundai
NCELL
NIMB

काठमाडौं । साताको तेस्रो कारोबार दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से) दोहोरो अंकले बढेको छ । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०८०÷८१ को मौद्रिक नीतिको त्रैमासिक समीक्षामार्फत कर्जा प्रवाह विस्तारमा केहि लचिलो नीति लिएपछि त्यसको सकारात्मक प्रभाव पुँजीबजारमा निरन्तर देखिएको हो ।

नेप्से २३.९४ अंकले बढेर परिसूचक २११५.९४ को बिन्दुमा पुगेर सेयर बजार बन्द भएको छ । मंगलबार ३१७ कम्पनीको १ कारोड ३२ लाख ४१ हजार २ सय १७ कित्ता कारोबार हुँदा ५ अर्ब २० करोड ६२ लाख ८ हजार १ सय ११ रुपैयाँ ५६ पैसाको कारोबार भएको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

मंगलबार सबैभन्दा धेरै कारोबार पोखरा फाइनान्सको कारोबार भएके छ । कम्पनीको २४ करोड ६४ लाख ७१ हजार ५ सय ९४ रुपैयाँ ६० पैसा संकलन भएको छ । कम्पनीको सेयर प्रतिकित्ता ७ सय ११ रुपैयाँ पुगेको छ । मंगलबार १ सय ९४ कम्पनीको सेयर मूल्य बढ्दा ४३ कम्पनीको सेयर मूल्य घटेको छ भने ९ कम्पनीको सेयर मूल्य स्थिर रहेको छ ।

साथै, मंगलबार ५ कम्पनीको सेयरमा सकरात्मक सर्किट लागेको छ भने साइन रुसिङ्ड डेभलपमेन्ट कम्पनीको सेयर मूल्य ४.२८ प्रतिशतले घटेको छ ।

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्