Shikhar Insurance
National Life

मंगलबार ५ कम्पनीको सेयरमा सकरात्मक सर्किट, अन्य कुनको कति ?

सिंहदरबार संवाददाता
२०८१ जेष्ठ ८, मंगलवार १५:१२
Hyundai
NCELL
NIMB

काठमाडौं । साताको तेस्रो कारोबार दिन सेयर बजार दोहोरो अंकले बढेको छ । नेपाल स्टक एक्सचेन्ज(नेप्से) परिसूचक २३.९४ अंकले बढेर २११५.९४ मा पुगेर बजार बन्द भएको हो ।

मंगलबार ३१७ कम्पनीको १ करोड ३२ लाख ४१ हजार २१७ कित्ता किनबेच हुँदा ५ अर्ब २० करोड ६२ लाख ८ हजार १ सय ११ रुपैयाँ कारोबार भएको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

मंगलबार ५ कम्पनीको सेयरमा सकरात्मक सर्किट लागेको छ । जानकी फाइनान्स, नेरुडे मिर्मिरे लघुवित्त, सामुदायिक लघुवित्त, बद्ध भूमि नेपाल हाइड्रोपावर र मध्य भोटेकोशी जलविद्युत कम्पनीको सेयरमा सर्किट लागेको हो ।

साथै, इस्टर्न हाइड्रोपावरको ९.७१ प्रतिशत, कुथेली बुखरी स्मल हाइड्रोपावरको ९.३० प्रतिशत, माहुली लघुवित्तको ९.२७ प्रतिशत, नेपाल हाइड्रोपावरको ८.६९ प्रतिशत सहित २२३ कम्पनीको सेयर मूल्य बढेको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्