काठमाडौं । सिटिजन्स बैंक इन्टरनेश्नल लिमिटेडले संस्थापक सेयर बिक्रीमा ल्याएको छ । कम्पनीले संस्थापक सेयरधनी राजेन्द्र बहादुर श्रेष्ठको नाममा रेहको १ लाख कित्ता सेयर बिक्रीमा ल्याएको हो ।
उक्त सेयरको प्रतिकित्ता न्युनतम मूल्य १ सय रुपैयाँ तोकिएको छ । सेयरको खरिद मूल्य भने तोकिएको छैन् । सेयर खरिदको लागि संस्थापक सेयरधनीहरुले आवश्यक कागजात संकलन गरी सूचना प्रकाशन भएको ३५ दिनभित्र बैंकको केन्द्रीय कार्यालय नारायणहिटी पथमा आवेदन पेश गर्न सक्नेछन् ।
साथै, तोकिएको समयमा संस्थापक सेयरधनीहरुबाट आवेदन नपरेको खण्डमा कानुन बमोजिम अन्य व्यक्ति वा संघसंस्थालाई बिक्री प्रक्रिया अगाडी बढाउने बैंककले एक सूचना मार्फत जानकारी दिएको छ ।
प्रतिक्रिया दिनुहोस्