काठमाडौं । प्रभु बैंकले ८ जना संस्थापक सेयरधनीको नाममा रहेको सेयर बिक्रीमा ल्याएको हो । कम्पनीले कूल ३ लाख ६८ हजार ८४ कित्ता सेयर बिक्रीमा ल्याएको हो ।
संस्थापक सेयरधनीहरु गजेन्द्र विष्टको नाममा रहेको २६ हजार ३ सय ४९ कित्ता, नविन अधिकारीको नाममा रहेको २५ हजार ६९ कित्ता, प्रकाश मर्हजनको नाममा रहेको २६ हजार ५ सय ६५ कित्ता, दुर्गा प्रसाद उप्रेतीको ६८ हजार ८ सय ५३ कित्ता, अन्जन श्रेष्ठको नाममा रहेको १६ हजार ५ सय १९ कित्ता, कुमार पौडेलको ३२ हजार ३ सय कित्ता, राजेश श्रेष्ठको ४३ हजार २ सय ३५ कित्ता, नितु अग्रवालको नाममा रहेको १ लाख २९ हजार १ सय ९५ कित्ता सेयर बिक्रीमा ल्याएका हुन् ।
उक्त सेयरको खरिद मूल्य भने तोकिएको छैन् । सेयर खरिदको लागि संस्थापक सेयरधनीहरुले आवश्यक कागजात संकलन गरी सूचना प्रकाशन भएको ३५ दिनभित्र बैंकको केन्द्रीय कार्यालय बवरमहल काठमाडौंमा आवेदन पेश गर्न सक्नेछन् ।
साथै, तोकिएको समयमा संस्थापक सेयरधनीहरुबाट आवेदन नपरेको खण्डमा कानुन बमोजिम अन्य व्यक्ति वा संघसंस्थालाई बिक्री प्रक्रिया अगाडी बढाउने बैंककले एक सूचना मार्फत जानकारी दिएको छ ।
प्रतिक्रिया दिनुहोस्