काठमाडौं । साताको तेस्रो कारोबार सुनको मूल्य घटेको छ । सोमबार छापावाला सुनको मूल्य १२ सय रुपैयाँले घटेर प्रतितोला १ लाख ४० हजार ६०० रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन सुन मूल्य १ लाख ४१ हजार ८०० रुपैयाँले रेकर्ड कायम राखेको थियो ।
नेपाल सुनचाँदी व्यवसाय महासंघका अनुसार तेजावी सुनको मूल्य १ लाख ३९ हजार ९ सय रुपैयाँ रहेको छ । अघिल्लो दिन सुन तेजावी सुनको मूल्य १ लाख ४१ हजार १०० रुपैयाँ रहेको थियो ।
त्यस्तै, चाँदीको मूल्य ५५ रुपैयाँले घटेर प्रतितोला १ हजार ८ सय ८५ रुपैयाँमा कारोबार भईरहेको छ । अघिल्लो दिन चाँदी १ हजार ९ सय ४० रुपैयाँमा खरिदबिक्री भएको थियो ।
प्रतिक्रिया दिनुहोस्