काठमाडौं । सलिको (सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी लिमिटेड) ले बीमालेख अन्तर्गतको दाबी भुक्तानीको लागि बीमितलाई आग्रह गरेको छ । कम्पनीले आज एक सूचना प्रकाशन गदै जारी भएका बीमलेख अन्तर्गतको दाबी भुक्तानीका लागि बीमितलाई आवश्यक कागजात पेश गर्न आग्रह गरेको हो ।
दाबी भुक्तानीका लागि बीमितले पेश गरेको कागजात अपुग भएको र बीमितले लामो समयदेखि थप आवश्यक कागजात बुझाउन नआएको कारणले कम्पनीले सूचना जारी गर्दै ३५ दिनभित्र आफूले बीमा गरेको शाखा कार्यालयमा सम्पर्क राखी आवश्यक कागजात बुझाई दाबी फरख फारख गराउन आग्रह गरको हो ।
साथै, तोकिएको समयसम्म पनि आवश्यक कागजात संकलन नगरेको खण्डमा कम्पनीले दाबीको फाइल बन्द भइ दाबी तामेलीमा जाने सूचनामार्फत जानकारी दिएको छ ।
प्रतिक्रिया दिनुहोस्