काठमाडौं । कुमारी क्यापिटल लिमिटेड र हिमाल वाटर पार्क भिलेज होटल प्राइभेट लिमिटेडबीच व्यवसायिक सम्झौता भएको छ । ‘Way to Listing’ सेवा उपलब्ध गराउने सम्बन्धमा सम्झौता भएको हो ।
बैंकले हिमाल वाटर पार्क भिलेज होटललाई ipo जारी गरि सूचिकरणको चरणसम्म पु¥याउन आवश्यक सम्पुर्ण परामर्श सेवा उपलब्ध गराउने सम्झौतामा उल्लेख छ । सम्झौतामा भिलेज होटल का तर्फबाट सञ्चालक सुनिल कुमार खेतान र कुमारी क्यापिटलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत पुष्प शर्माले हस्ताक्षर गरेका छन् ।
नेपालको पर्यटन विकासमा टेवा पु¥याई बैदेशिक मुद्राको संचितलाई समेत बढावा दिने उद्देश्यले हिमाल वाटर पार्क एण्ड भिलेज होटल भारतीय चेन होटल क्लार्क रिसोर्टको फ्रेन्चाइज अन्तर्गत रहि सञ्चालन भइरहेको छ । सम्बन्धित निकायबाट चार तारेको अनुमति प्राप्त गरि यो होटल सञ्चालनमा रहेको छ ।
हाल परिवर्तित गण्डक, वहुवरी१४, विरगञ्ज महानगरपालिकामा अवस्थित यस होटलले Suite, Deluxe, Executive, Presidential Suite गरि ६० वटा सुविधा सम्पन्न कोठाहरुका साथै जिम, क्यासिनो, स्विमिङ पुल, ब्याङ्क्विट् हल आदि सहित आरामदायी आवास, आधुनिक सुविधाहरू र न्यानो आतिथ्यताको साथ सेवा प्रदान गर्दै आइरहेको कम्पनीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्