Shikhar Insurance
National Life

१० महिनामा २ लाख २ हजार तोला सुन भित्रियो, यस्ता छन् १० धेरै आयात हुने बस्तुहरु

रोशनी तामाङ
२०८१ जेष्ठ ७, सोमबार १९:३५
Hyundai
NCELL
NIMB

काठमाडौं । चालु आर्थिक वर्षको १० महिनामा १३ खर्ब ३ अर्ब ३५ करोड ७० लाख ३९ हजार रुपैयाँको बस्तु आयात भएको छ । भन्सार विभागले सार्वजनिक गरेको तथ्यांकका अनुसार १० महिनामा सरकारले सो आयातबाट ३ खर्ब ४२ अर्ब ७७ करोड ४२ लाख ३५ हजार रुपैयाँ राजस्व संकलन गरेको छ ।

आयात हुने बस्तु मध्ये डिजेल पहिलो नम्बरमा छ । त्यस्तै, पेट्रोल, एलपीजी ग्यास, फलाम तथा स्टील, मेकिडकल सामनहरु, सुन, एटीएप (एयर टर्वाईन फ्युल), स्मार्टफोन, कोइला र कच्चा भटमास तेल क्रमश धेरै आयात हुने वस्तुमा पर्छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

यस्ता छन् धेरै आयात हुने १० उत्कृष्ट वस्तु

१) डिजेल
चालु आवको १० महिनामा आयाल निगमले ११ लाख ९ हजार ११० किलोलिटर डिजेल आयात गरेको भन्सार विभागको तथ्यांकले देखाएको छ । सो वापत नेपालबाट १ खर्ब १५ अर्ब ६७ करोड १ लाख ३८ हजार रुपैयाँ रकम बाहिरीएको छ । डिजेल आयातबाट सरकारले ४४ अर्ब ८९ करोड ५ लाख २६ हजार राजस्व संकलन गरेको तथ्यांकले देखाएको छ ।

२) पेट्रोल
नेपालले १० महिनाको अवधिमा ५ लाख ६७ हजार ९३५ किलोलिटर पेट्रोलियम पदार्थ आयात गरेको छ । जसमार्फत् ५६ अर्ब ८० करोड १३ लाख ५९ हजार रुपैयाँ नेपालबाट बाहिरीएको छ । पेट्रोलियम पदार्थ आयातबाट भन्सार विभागले ३२ अर्ब ५४ करोड ४ लाख २१ हजार राजस्व संकलन गरेको छ ।

३) एलपीजी ग्यासँ
विद्युतिय चुल्होको प्रयोग बढ्न नसक्दा ग्यासँको माग समेत बढेको छ । घरघरमा विभिन्न प्रविधिको चुल्हो प्रयोग बढ्दै गएसँगै ग्यास आयात बढेको हो । यति मात्र नभई नेपालको ग्रामीण भेगमा समेत ग्यास चुल्होको प्रयोगका कारण एलपीजी ग्यासको माग ह्वात्तै बढेको देखिन्छ । चालु आवको १० महिनामा नेपालमा ४३ करोड ५९ लाख ६२ हजार ९५६ हजार किलोग्राम ग्यास भित्रिएको छ ।

ग्यास मार्फत नेपालबाट ४६ अर्ब ९७ लाख ७९ हजार रुपैयाँ रकम देश बाहिर गएको छ, भने ८ अर्ब ५८ करोड २६ लाख ८ हजार राजस्व संकलन भएको छ ।

४) फलाम तथा स्टील आयात
नेपालमा फलामको प्रचुर सम्भावना र खानीहरु रहेको भएता पनि उचित किसिमले उत्खनन र सदुपयोग गर्न नसक्दा अर्बौको फलामहरु आयात गर्नु परिरहेको छ । १० महिनामा नेपालले ६५  करोड ८६ लाख ५५ हजार २५० किलो फलाम आयात गरेको छ । सो मार्फत नेपालले ३१ अर्ब ३१ करोड ३४ लाख १३ हजार रुपैयाँको रकम बाहिरीएको छ । फलाम आयातबाट नेपालले ४ अर्ब ४२ करोड १२ लाख ११ हजार राजस्व संकलन गरेको छ ।

५) मेकिडकल सामनहरु
नेपालले चालु आवका १० महिनामा मेडिकल सम्बन्धि विभिन्न सामानहरु १ करोड २० लाख करोड ५४ हजार ५३ हजार किलो सामनहरु भित्र्याएको छ । सो सामनमा नेपालले २१ अर्ब २४ करोड ५९लाख ३४ हजार रुपैयाँ रकम खर्च गरेको छ । सो सामग्रीहरु मार्फत नेपालले १ अर्ब ११ करोड ६ लाख ८७ हजार राजस्व प्राप्त गरेको छ ।

६) सुन
दिनानु दिन सुनको मूल्यले ऐतिहासिक रेकर्ड कायम राख्ने क्रम जारी नै छ । सुनको भाउ बढेसँगै नेपालमा सुनको आयात पनि बढेको छ । नेपालमा १० महिनामा मात्रै २३ लाख ५० हजार ५ सय ग्राम सुन नेपाल भित्रीएको छ । सुन आयात क्रममा २० अर्ब ७६ करोड १७ लाख २५ हजार रुपैयाँ रकम दुबैमा नेपाली वाणिज्य बैंकहरुले भुक्तानी गरेका छन् । सो मार्फत नेपालले ३ अर्ब ११ करोड ४२ लाख ८५ हजार राजस्व संकलन गरेको छ ।

७) एटीएफ (एयर टर्वाईन फ्युल फ्युल)
नेपालले चालु आवको १० महिनामा १ लाख ६५ हजार किलोलिटर एटीएफ नेपाल भित्र्याएको छ भने सोमार्फत नेपालबाट १७ अर्ब ५८ करोड ५४ लाख ५७ हजार रुपैयाँ रकम बाहिरीएको छ । नेपालले २ अर्ब ५४ करोड २९ लाख ४१ हजार राजस्व संकलन गरेको छ ।

८) स्मार्टफोन
नेपालले १० महिनामा १० लाख ९५ हजार ४६८ वटा(पीस) स्मार्टफोन ल्याएको छ । त्यसका लागि नेपालले १५ अर्ब ८० करोड १८ लाख ९७ हजार रुपैयाँ रकम बाहिर पठाएको छ । स्मार्टफोन मार्फत नेपाल सरकारले २ अर्ब ९४ करोड ८० लाख ७२ हजार राजस्व पाएको छ ।

९) कोइला
धेरै आयात हुनेको ९ नम्बरमा कोइला परेको छ ।१० महिनामा ९१ करोड ५१ लाख ४० ५३३ किलोग्राम कोईला नेपाल भित्रिएको छ । जसका लागि नेपाली व्यवसायीहरुले भारतीय बजारमा १३ अर्ब ८४ करोड ७६ लाख १७ हजार रुपैयाँ बुझाएका छन् । कोईला आयातबाट भन्सार विभागले २ अर्ब ५३ करोड ८७ लाख ८१ हजार राजस्व प्राप्त गरेको छ ।

१०) सोयबिन तेल

धेरै आयात हुनेको दशौं नम्बरमा सोयबिन तेल परेको छ । १० महिनामा नेपालले १७ करोड ३३ लाख ८९ हजार किलो सोयबिन तेल आयात भएको छ । सव तल खरिदका लागि १३ अर्ब ६८ करोड ७६ लाख १० हजार रुपैयाँ बाहिरीएको छ । सोयबिन तेल आयातबाट १ अर्ब २३ करोड ३० लाख ६४ हजार राजस्व संकलन भएको छ ।

 

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्