Shikhar Insurance
National Life

१० महिनामा १३ खर्ब ३ अर्बको आयात, १ खर्ब २६ अर्ब पुग्यो निर्यात

सिंहदरबार संवाददाता
२०८१ जेष्ठ ७, सोमबार १५:२३
Hyundai
NCELL
NIMB

काठमाडौं । १० महिनामा १३ अर्ब ३ खर्ब ३५ करोडको आयात भएको छ । भन्सार विभागका अनुसार पोहोरको तुलनामा आयात २.३९ प्रतिशतले आयात घटेको हो । सो आयातबाट विभागले ३ खर्ब ४२ अर्ब रुपैयाँ राजस्व संकलन गरेको छ । १० महिनामा व्यापार घाटा ११ खर्ब ७७ अर्ब १८ करोड पुगेको छ ।

चालु वर्षको १० महिनामा निर्यात १ खर्ब २६ अर्ब १७ करोड बराबरको निर्यात भएको छ । यो आर्थिक वर्ष २०७९/०८० को तुलनामा ३.६१ प्रतिशतले कम हो । आयाततर्फ धेरै राजस्व तिर्नेमा डीजेल पहिलो नम्बरमा परेको छ । १० महिनामा भारतबाट १ खर्ब १५ अर्ब बराबरको डिजेल आयात भएको छ । जसबाट ४४ अर्ब ८९ करोड राजस्व संकलन भएको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

यस्तै, दोस्रो नम्बरमा पेट्रोल रहेको छ । यो अविधमा पेट्रोल आयातबाट आयल निगमले ३२ अर्ब ५४ करोड राजस्व दाखिला गरेको छ । ग्यास आयातबाट ८ अर्ब ५८ करोड राजस्व संकलन हुदाँ चीनबाट मात्रै भित्रिएको चिनियाँ गाडीले ६ अर्ब ३५ करोड राजस्व दाखिला गरेको छ ।

 

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्