काठमाडौं । सत्तारुढ प्रमुख घटक नेकपा (एमाले) का उपाध्यक्ष विष्णुप्रसाद पौडेलले प्रधानमन्त्री पुष्पकमल दाहाल नेतृत्वको वर्तमान सरकारले पूरै कार्यकाल काम गर्न दाबी गरेका छन् । सोमबार प्रतिनिधि सभाको दोस्रो बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहालले राख्यका विश्वासको मतमाथिको छलफलका भाग लिँदैं उनले सो कुरा बताएका हुन् ।
उपाध्यक्ष पौडेलले प्रधानमन्त्री दाहाललाई अझ दह्रो कदमका साथ अघि बढन पनि आग्रह गरे । उनले सिंगो देश र संसदले साथ दिने भएकाले प्रधानमन्त्री दाहालले पछि हट्नुपर्ने कुनै कारण नभएको बताउनु भयो । त्यस अवसरमा उपध्यक्ष पौडेलले प्रधानमन्त्री दाहाललाई सरकारमा सहभागी सबै दलले विश्वासको मत दिने विश्वास पनि व्यक्त गरे ।
उपाध्यक्ष पौडेलले मुलुकको विकास र समृद्धिको अभियानलाई तीव्रता दिन पनि सरकार र सत्तारुढ दलहरु प्रतिवद्ध भएर लागि परेको दाबी गरे ।
प्रतिक्रिया दिनुहोस्