Shikhar Insurance
National Life

काँग्रेसलाई प्रधानमन्त्रीको चेतावनी : विश्वासको मत लिँदा देखाएको व्यवहारको चर्को मूल्य चुकाउनु पर्छ

सिंहदरबार संवाददाता
२०८१ जेष्ठ ७, सोमबार १२:५८
Hyundai
NCELL
NIMB

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले विश्वासको मत लिने क्रममा नेपाली काँग्रेसले गरेको अवरोधको मूल्य काँग्रेसले चुकाउनुपर्ने बताएका छन् । सोमबार विश्वासको मत मागिसकेपछि सांसदहरुले उठाएका प्रश्नको जवाफ दिने क्रममा उनले यस्तो चेतावनी दिएका हुन् ।

उनले काँग्रेसले आफूले विश्वासको मत लिँदा बिरोध गरेर गल्ती गरेको बताए । उनले विगतमा आफूले काँग्रेसलाई पटक पटक साथ दिएको तर काँग्रेसले आज आफूबिरुद्ध देखाएको व्यवहारको मूल्य चुकाउनुपर्ने बताए । उनले संविधानअनुसार विश्वासको मत लिन नदिएर काँग्रेसले इतिहासकै नराम्रो उदाहरण प्रश्तुत गरेको जिकिर गरे ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

प्रधानमन्त्री दाहालले काँग्रेसको आजको संसदको गतिविधि नेपालको इतिहासमा कलंकको रुपमा स्थपित हुने बताए ।

 

GBIME

प्रतिक्रिया दिनुहोस्