Shikhar Insurance
National Life

कुमारी बैंकले ल्यायो क्युआर मर्चेन्टहरुका लागि फोनलोन, २ लाखसम्मको कर्जा उपयोग गर्न सकिने

सिंहदरबार संवाददाता
२०८१ जेष्ठ ७, सोमबार १२:५१
Hyundai
NCELL
NIMB

काठमाडौं । कुमारी बैंक लिमिटेडले क्यूआर कोडबाट कारोबार गर्ने क्युआर मर्चेन्टहरुका लागि फोनलोन सुविधा सञ्चालनमा ल्याएको छ । बैंकले बिना झन्झट कुमारी मोबाइल बैकिङ्ग एप मार्फत नै २ लाख सम्मको कर्जा उपयोग गर्न सक्ने सुविधा ल्याएको हो ।

यसबाट विशेष गरि घरेलु, साना तथा मझौला उद्यमीहरुका वित्तिय कारोबारहरु डिजिटल माध्यममा आकर्षित गर्न तथा उद्यमीहरुका सानातिना वित्तिय आवश्यकताहरु परिपुर्ति हुदा वित्तिय पहुच समेतमा विस्तार हुने अपेक्षा बैंकले लिएको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

विगत २२ वर्ष देखि निरन्तर बैंकिङ्ग सेवा दिदै आएको कुमारी बैंकले आफ्ना देशभर रहेका ३०२ शाखा सञ्जाल, ३१४ एटिएम, ४९ एक्सटेन्सन काउन्टर तथा ५९ शाखा रहित बैंकिङ्ग ईकाईहरु मार्फत आफ्ना ग्राहकवर्गलाई अत्याधुनिक तथा प्रभावकारी सेवाहरु प्रदान गर्दै आइरहेको छ र आगामी दिनहरुमा पनि अझ सरल, सुलभ तथा उत्कृष्ट सेवाका निमित्त सहकार्यहरु गर्दै जाने बैंकले प्रतिबद्धता जनाएको छ ।

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्