Shikhar Insurance
National Life

आर्सनललाई स्तब्ध बनाउँदै म्यान्चेष्टर सिटीले जित्यो दशौं पटक प्रिमियर लिग उपाधि

सिंहदरबार संवाददाता
२०८१ जेष्ठ ६, आईतवार २२:३६
Hyundai
NCELL
NIMB

काठमाडौं । इग्लिस प्रिमियर लिगको उपाधि म्यान्चेष्टर सिटीले जितेको छ । लिगको ३८ खेलमा सर्वाधिक ९१ अंक जोड्दै सिटीले लिग जितेको हो ।

आइतबार घरेलु मैदान इतिहादमा वेष्ट ह्यामलाई ३-१ गोल अन्तरले हराउँदै सिटीले उपाधि रक्षा गरेको हो । यो सँगै सिटी दशौं पटक लिग विजेता भएको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

सिटीका लागि दोस्रो र १८ औं मिनेटमा फिल फोडेनले २ गोल गरेका थिए । यस्तै रोड्रीले ५९ मिनेटमा तेस्रो गोल गरेका थिए । वेष्ट ह्यामका लागि कुन्डुसले ४२ औं मिनेटमा सान्तोना गोल फर्काएका थिए ।

दोस्रो स्थानमा रहेका आर्सनलले लिग जित्न सिटी हारेर आफूले खेल जित्नु पर्ने थियो । तर एभर्टनसँग १-१ को बराबरी खेल्दै कुल ३८ खेलबाट ८७ अंक जोड्दै दोस्रो स्थानमा चित्त बुझाएको छ । यो पटक आर्सनले लिग जित्न निकै मिहनेत गरेको थियो । तर सिटीको अघि आर्सनलले उपाधि जित्न सकेन ।

लिगको तेस्रो स्थानमा लिभरपुल रहँदा चौथो स्थानमा एस्टन भिल्ला उक्लिएको छ ।

GBIME
Nabil Bank

प्रतिक्रिया दिनुहोस्