Shikhar Insurance
National Life

राष्ट्रियसभाको बैठक भोलिसम्मका लागि स्थगित

सिंहदरबार संवाददाता
२०८१ जेष्ठ ६, आईतवार १६:३२
Hyundai
NCELL
NIMB

काठमाडौं । राष्ट्रियसभाको बैठक भोलिसम्मका लागि स्थगित भएको छ । आज दिउँसो १ बजेर १५ मिनेटका लागि आह्वान गरिएको बैठक समयमा बस्न नसक्दा पुनः दिउँसो ३ बजेर १५ मिनेटका लागि तय भएको थियो ।

दोस्रो पटक पनि तोकिएको समयमा बैठक बस्न नसकेपछि भोलिसम्मका लागि स्थगित गरिएको संसद सचिवालयका सहायक प्रवक्ता दशरथ धमलाले जानकारी दिए ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

संसद प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले विभिन्न सहकारी संस्थाको रकम हिनामिना सम्बन्धमा संसदीय छानबिन समिति गठनको माग गर्दै आएको छ । छानबिन समिति गठनका लागि दलहरुबीच सहमति भए पनि त्यसको कार्यादेश भने अझै टुङ्गिन सकेको छैन । सत्ता पक्ष दल र प्रमुख प्रतिपक्षी दलबीच कार्यादेश टुङ्ग्याउनेबारे आज बिहानैदेखि छलफल भइरहेको छ । अहिलेसम्म कार्यादेशको टुङ्गो भने लाग्न सकेको छैन ।

राष्ट्रियसभाको आजको बैठकमा अध्यक्ष नारायणप्रसाद दाहालले राष्ट्रपतिको कार्यालयबाट प्राप्त मन्त्री तथा राज्यमन्त्रीको नियुक्ति तथा कार्यभारसम्बन्धी पत्रको व्यहोरा जानकारी गराउने कार्यसूची तय गरिएको थियो । साथै अध्यक्ष दाहालले विषयगत समितिमा सदस्यहरुको नाम मनोनयन गर्ने कार्यसूची थियो । आज निर्धारित बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले यही जेठ १ गते राष्ट्रपतिबाट सङ्घीय संसदको दुवै सदनको संयुक्त बैठकलाई गरेका  सम्बोधनकोप्रति टेबुल गर्ने कार्यसूची तोकिएको थियो ।
आजकै बैठकमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री पदम गिरीले ‘लगानी सहजीकरणसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८१’ सभासमक्ष पेस गर्ने कार्यसूची थियो । बैठकमा सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले ‘मिडिया काउन्सिल विधेयक,२०८०’ सभा समक्ष पेस गर्नुहुने तथा विधायन व्यवस्थापन समितिका सभापति जयन्तीदेवी राईले ‘सुरक्षित कारोबार (पहिलो संशोधन) , २०८०’ सम्बन्धी विधायन व्यवस्थापन समितिको प्रतिवेदन सभासमक्ष पेस गर्नुहुने कार्यसूची थियो ।

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्