Shikhar Insurance
National Life

गृहमन्त्री लामिछानेको राजीनामा माग गर्दै नेबिसंघको प्रदर्शन

सिंहदरबार संवाददाता
२०८१ जेष्ठ ६, आईतवार १६:१२
Hyundai
NCELL
NIMB

काठमाडौं । नेपाली काँग्रेस निकट विद्यार्थी संगठन (नेविसंघ) ले उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेको राजीनामा माग गर्दै आन्दोलन गरेका छन् ।

आइतबार माइतीघर मण्डला क्षेत्रमा नेविसंघले गृहमन्त्री लामिछानेको राजीनामा माग गर्दै प्रदर्शन गरेका हुन् ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

सहकारी ठगी प्रकरणमा मुछिएका लामिछानेले राजीनामा दर्नुपर्ने भन्दै उनीहरुले प्रदर्शन गरे । प्रदर्शनका क्रममा उनीहरुले चिया छानेको, सहकारी ठग जोगाउन कति जानेको, रविको जीविकोपार्जन सहकारी ठगी, गृहमन्त्रीज्यु प्रमाणित भए राजनीति छोड्ने रे, अनि प्रमाणित हुन छानबिन गर्नु परेन, ए रवि दाई, खोइ त जीवि राई, रवि लामिछाने, होइन, होइन ठगि लामिछाने लगायतका प्लेकार्डहरु प्रर्दशन गरेका थिए । संसद्मा पनि प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले लामिछानेमाथि छानबिन हुनुपर्ने माग राख्दै अवरोध गर्दै आइरहेको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्