Shikhar Insurance
National Life

अन्ततः झुक्यो काँग्रेस, गृहमन्त्री लामिछानेलाई संसदमा बोल्न दिने

सिंहदरबार संवाददाता
२०८१ जेष्ठ ६, आईतवार ११:४४
Hyundai
NCELL
NIMB

काठमाडौं । नेपाली काँग्रेस नेतृत्वको विपक्षी गठबन्धनले संसदमा गृहमन्त्री रबि लामिछानेलाई बोल्न दिने निर्णय गरेको छ । सहकारी ठगी प्रकरणमा लामिछानेको नामै उल्लेख गरेर संसदीय छानविन समिति नबनेसम्म संसद चल्नै नदिने अडानमा रहेको नेपाली काँग्रेसले अन्ततः लामिछानेलाई संसदमा बोल्न दिने निर्णय गरेको हो ।

काँग्रेस सभापति शेर बहादुर देउवाको नेतृत्वमा बसेको विपक्षी दलहरुको बैठकले गृहमन्त्री लामिछानेलाई संसदमा बोल्न दिने र उनको कुरा चित्त नबुझे संसदको बाँकी कार्यसूचि अघि बढ्न नदिने निर्णय गरेको हो ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

संसदीय छानविन समिति बनाउन भने संसदका सबै दलहरुबीच शनिबार राति नै सहमति भैसकेको थियो । तर त्यस्तो समितिको कार्यादेश के हुने ? गृहमन्त्रीको नाम उल्लेख गर्ने की नगर्ने भन्नेबारे छलफल गर्न कार्यदल पनि गठन भएको थियो । कानुन मन्त्री पदम गिरी नेतृत्वको कार्यदलले अझै पनि समितिको कार्यादेश भने टुंगो लगाएको छैन् ।

गृहमन्त्री लामिछानेले आफुलाई संसदमा बोल्न नदिए काँग्रेस नेताहरु विरुद्ध कठोर कदम चाल्ने चेतावनी दिएका थिए । काँग्रेसका सबै ठूला नेताहरुको फाइल खोल्ने चेतावनी दिएका गृहमन्त्री लामिछानेले देउवा पत्नि आरजु राणा र छोरा जयबिर देउवा संलग्न बिभिन्न काण्डका फाइलहरु खोल्ने सन्देश देउवासम्म पुर्याएका थिए ।

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्