Shikhar Insurance
National Life

जेठ ५ गतेदेखि इजी डेन्टलको सेवा सुरु, १५ दिनका लागि विशेष छुट

सिंहदरबार संवाददाता
२०८१ जेष्ठ ६, आईतवार ११:३५
Hyundai
NCELL
NIMB

काठमाडौं । इजी डेन्टलले चाबहिलको महाकांलबाट आफ्नो सेवा सुरु गरेको छ । संस्थाले जेठ ५ गते शनिवारदेखि आफ्नो सेवा सुरु गरेको हो ।

इजी डेन्टलले सेवा आरम्भ गरेको अवसरमा १५ दिनको लागि विशेष छुटको व्यवस्था गरेको छ । इजी डेन्टलमा सामान्य दन्त चिकित्सा, बाल दन्त चिकित्सा, अर्थोडोन्टिक्स अर्थात बाङ्गो टिङ्गो दाँत मिलाउने सेवाको उपलब्ध रहेको संस्थाले जनाएको छ । त्यसैगरि कम्पनीका अनुसार सौन्दर्यिक दन्त चिकित्सा र दाँत निकाल्ने तथा दाँत मुख सम्वन्धि सर्जरी सेवा पनि इजी डेन्टलमा उपलब्ध छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

 चाहबिल महाकांल खानेपानी ट्याङ्कीको ठिक अगाडी रहेको इजी डेन्टल बिहान ९ बजेदेखि साँझ ७ बजेसम्म खुल्ला रहने छ । इजी डेन्टलले दाँतका विशेष सेवाहरु पेरियोडोन्टिक्स, एन्डोडोन्टिक्स र प्रोस्थोडोन्टिक्स उपलब्ध रहेको कम्पनीले जनाएको छ । इजी डेन्टलले सेवा आरम्भ गरेको अवसरमा निःशुक्ल ओपिडी तथा परामर्श सेवा निःशुल्क गरेको इजी डेन्टलका प्रमुख अजयकुमार रेग्मीले बताए ।

यसैगरि १५ दिनको लागि दाँत सफा गर्ने र जरादेखि दाँततको उपचार आरसीटी पनि निःशुल्क गरिएको प्रमुख रेग्मीले जनाकारी दिए । इजी डेन्टलमा नवीनतम सुविधाहरु, आधुनिक उपचार कक्ष, नवीनतम उपचार प्रविधि, गुणस्तरिय स्टेरिलाइजेसन प्रोटोकलहरु, आरामदायक प्रतीक्षा कक्ष, बिरामीको सुविधाका लागि लिफ्ट र प्रशस्त पार्किङ क्षेत्र रहेको छ ।

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्