Shikhar Insurance
National Life

न्युनतम २ सय ९४ रुपैयाँमा सूयर्सोदय वोमी लघुवित्तको सेयर लिलामी बिक्रीमा

सिंहदरबार संवाददाता
२०८१ जेष्ठ ६, आईतवार ११:०९
Hyundai
NCELL
NIMB

काठमाडौं । एनआईसी एशिया बैंकको स्वामित्वमा रहेको सूयर्सोदय वोमी लघुवित्तले संस्थापक सेयर लिलामी बिक्रीमा ल्याएको छ । कम्पनीले संस्थापक सेयरधनीको नाममा रहेको ६१ हजार ८ सय ५ कित्ता सेयर लिलामी सेयर बिक्रीमा ल्याएको हो ।

कम्पनीले उक्त सेयरको प्रतिकित्ता न्युनतम मूल्य २ सय ९४ रुपैयाँ रहेको छ । बोलपत्र आवेदन पेश गर्दा न्युनतम ५ हजार कित्ताको लागि आवेदन दिनुपर्ने छ भने अधिकतम सबै सेयर कित्ताको लागि बोलकबोल गर्ने सक्नेछन् ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

सेयर खरिदको लागि संस्थापक सेयरधनी, जो कोहि व्यक्ति, कम्पनी वा संघसंस्थाहरुले आज (जेठ ६ गते) देखि जेठ १३ गतेसम्मा एनआई सी एशिया क्यापिटल ट्रेड टावर नेपाल थापाथाली काठमाडा, शाखा कार्यालय विराटनगर, मोरङ्ग, आदर्शनगर वीरगंज, महेन्द्रपुल, पोखरा, श्रवणपथ, बुटवल हस्पिटल लाइन, धनगढी र विरेन्द्रनगर, सुर्खेतमा आवेदन पेश गर्न सक्नेछन् ।

 

GBIME

प्रतिक्रिया दिनुहोस्