Shikhar Insurance
National Life

नेशनल लघुवित्तको संचालक पदमा ६ जना नियुक्त

सिंहदरबार संवाददाता
२०८१ जेष्ठ ६, आईतवार ११:१३
Hyundai
NCELL
NIMB

काठमाडौं । नेशनल लघुवित्त वित्तीय संस्था लिमिटेडले संचालक नियुक्त गरेको छ । कम्पनीको जेठ ३ गते बसेको बैठकको निर्णय अनुसार संचालक पदमा ४ जना संस्थापक र २ जना सर्वसाधारण समूहका सञ्चालक नियुक्त गरेको हो ।

संचालक पदमा संस्थापक समुहबाट केशवप्रसाद आचार्य, रविन सिजापति, क्षितिज खड्का, प्रदित कुमार रेग्मीलाई नियुक्त भएका थिए । भने सर्वसाधारण समुहबाट नरेन्द्र प्रसाद छत्कुली र राम कुमार तिमल्सिना निर्विरोध चयन भएका थिए ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

संस्थापक समूहको प्रतिनिधित्व गर्ने सञ्चालकहरुको निर्वाचन जेठ ३ गते बनेपाअवस्थित अरनिको पार्टी प्यालेसमा सम्पन्न भएको हो । चैत १६ गते सम्पन्न सभामा संचालक निर्वाचत गर्ने भनिएको सो प्रस्ताव केही प्रक्रियागत त्रुटीका कारण बैशाख १४ गते रद्ध भएको थियो ।

GBIME

प्रतिक्रिया दिनुहोस्