Shikhar Insurance
National Life

पाँचथर पावर कम्पनीले जेठ २७ गते डाक्यो साधारण सभा, सेयरधनीलाई छैन् लाभांश

सिंहदरबार संवाददाता
२०८१ जेष्ठ ६, आईतवार १०:३३
Hyundai
NCELL
NIMB

काठमाडौं । पाँचथर पावर कम्पनी लिमिटेडले ८ औं साधारण सभा बोलाएकाे छ । कम्पनीको जेठ ४ गते बसेको सञ्चालक
समितिको निर्णय अनुसार सभा जेठ २७ गते होटल इम्पेरियल बत्तीसपुतली, काठमाडौंमा बिहान ११ बजेदेखि बस्ने आव्हान गरेको हो ।

कम्पनीले यो वर्ष सेयरधनीलाई कुनै पनि लाभांश नदिने निर्णय गरेको छ । सभामा एक्सेल इन्भेष्टमेन्ट र मेगा भेन्चरलाई गाभ्ने प्रस्ताव पारित गर्नेछ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

सभामा आर्थिक वर्ष २०७९/८० को नाफा नोक्सान सम्बन्धी हिसाबका सम्बन्धमा छलफल रआर्थिक वर्ष २०८०/८१ का लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण गर्ने एजेन्डा रहेको छ ।

सभा प्रयोजनका लागि कम्पनीले जेठ १७ गते एक दिन बुक क्लोज गर्ने भएके छ । जसअनुसार जेठ १८ गतेसम्म कायम सेयरधनीले सभामा भाग लिन पाउँनेछन् ।

GBIME

प्रतिक्रिया दिनुहोस्