Shikhar Insurance
National Life

अन्तत: सहकारी ठगिको अध्ययन गर्न संसदीय समिती बनाउने सहमती, रबि लामिछानेको विषय टुंगिएन

सिंहदरबार संवाददाता
२०८१ जेष्ठ ५, शनिबार २०:०७
Hyundai
NCELL
NIMB

काठमाडौं । अन्ततः सत्तारुढ गठबन्धन र प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसबीच सहकारी ठगीका विषयमा छानबिन गर्न संसदीय समिति गठन गर्ने सहमति भएको छ । शनिबार बालुवाटारमा बसेको सत्तारूढ मुख्य दलहरु र नेपाली काङ्ग्रेसबिच सहकारी ठगि बारे अध्ययन गर्न संसदीय समिति बनाउने सहमती भएको हो । यद्यपि समितिको कार्यादेश के हुने भन्ने विषय भने टुंगो लागेको छैन् ।

समितिको कार्यादेश बनाउन नेपाली कांग्रेस, नेकपा एमाले र राष्ट्रिय स्वतन्त्र पार्टीका प्रतिनिधि रहेको एक कार्यदल गठन भने गठन गरिएको छ । कार्यदलको संयोजन कानुन न्याय तथा संसदीय मामिलामन्त्री पदम गिरीले गर्नेछन् ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

कार्यदलमा कांग्रेस सहमहामन्त्री जीवन परियार, एमाले प्रमुख सचेतक महेश बर्तौला र राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद शिशिर खनाल रहनेछ्न ।

उपप्रधानमन्त्री तथा गृहमन्त्री रबि लामिछानेको नामै तोकेर संसदीय छानबिन समिती बनाउनु पर्ने भन्दै प्रमुख प्रतिपक्षी नेपाली काङ्ग्रेसले संसद अवरुद्ध गर्दै आएको छ । संसद बैठकमा काङ्ग्रेस र एमाले सांसद बिच धकेला धकेल नै भएको थियो ।

 

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्