Shikhar Insurance
National Life

सहकारी सञ्चालकले आर्थिक नियमको उल्लङ्घन गर्दा समस्या सिर्जना भयो-मन्त्री अधिकारी

सिंहदरबार संवाददाता
२०८१ जेष्ठ ४, शुक्रबार १८:४६
Hyundai
NCELL
NIMB

गण्डकी । गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले सहकारीका सञ्चालकहरूकै कारण सहकारी अभियान जोखिममा परेको बताएका छन् । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी सङ्घ (नेफ्स्कुन)को आयोजना तथा सहकारी विभागको साझेदारीमा पोखरामा आज आयोजित ‘साकोस जोखिम विश्लेषण कार्यशालको शुभारम्भ समारोहमा उनले यस्तो बताएका हुन् ।

उनले सञ्चालकले आर्थिक नियमको उल्लङ्घन गर्दा सहकारी क्षेत्रमा समस्या सिर्जना भएको बताए । नियमक निकायले चेतावनी दिने, प्रोत्साहन गर्ने काम नगरी सहकारी अभियान्तामाथि दोष थुपारेर मात्र समस्याको समाधान नहुने जनाउँदै मुख्यमन्त्री अधिकारीले सहकारी अभियान समाप्त भयो भने आर्थिक संकट पर्नसक्छ भए ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

उनले भने,“सहकारी क्षेत्रमा देखिएका समस्या समाधान गर्न सबैले ध्यान पुर्याउनुपर्छ । सेयर सदस्यले समेत सहकारीको विषयमा चासो राख्नुपर्छ । रोजगारी सिर्जना गर्ने खालका काम संस्थाले गरेको छ÷छैन भन्नेमा सेयर सदस्यको चासो हुनुपर्छ । ”

सहकारीको जोखिम स्तर विश्लेषण गर्न सक्ने बनाउने लक्ष्यका साथ आयोजना भएको कार्यशालमा ३२ संस्थाको प्रतिनिधित्व रहेको नेफ्स्कुनका अध्यक्ष चन्द्रप्रसाद ढकालले जानकारी दिए । विसं २०४५ मा स्थापना भएको नेफ्स्कुन ७६ जिल्लामा फैलिएको छ । यसका चार हजार छ सय ५० जना प्रत्यक्ष सदस्य रहेका छन् ।

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्