Shikhar Insurance
National Life

नेप्सेमा सामुदायीक लघुवित्तको सेयर सचीकृत

सिंहदरबार संवाददाता
२०८१ जेष्ठ ४, शुक्रबार १७:४५
Hyundai
NCELL
NIMB

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा एक लघुवित्तको सेयर सूचीकृत भएको छ । शुक्रबार सामुदायिक लघुवित्त वित्तीय संस्थाको सेयर सूचीकृत भएको हो ।

लघुवित्तको २ लाख ५६ हजार ५० कित्ता सेयर नेप्सेमा सूचीकृत भएको छ । साविकको सामुदायिक र बीपीडब्लु लघुवित्त एक आपसमा मर्ज भएका कम्पनी हो यी २ कम्पनी १ः०.८५३५ सेयर स्वाप अनुपातमा मर्ज भएका थिए ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

सूचीकृतपश्चात अब कम्पनीको सेयर  आइतबार (जेठ ६ गते) देखि कारोबारमा आउनेछ । कम्पनीको  सिम्बोल  एसएलबिएसएल रहेकाे छ ।  कम्पनीको सेयरको ओपनिङ्ग रेञ्ज प्रतिकित्ता ८८३ रुपैयाँ ९७ पैसा रहेको एक सूचना मार्फत जानकारी दिएको छ ।

 

GBIME

प्रतिक्रिया दिनुहोस्