Shikhar Insurance
National Life

श्रम तथा रोजगार सम्बन्धी सुचनालाई व्यापक बनाउन मन्त्री अर्यालको आग्रह

सिंहदरबार संवाददाता
२०८१ जेष्ठ ४, शुक्रबार १७:३१
Hyundai
NCELL
NIMB

काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री डोल प्रसाद अर्यालले श्रम तथा वैदेशिक रोजगार सम्बन्धी जानकारीलाई व्यापक बनाउन आग्रह गरेका छन् । शुक्रबारदेखि कोहलपुरमा शुरु हुन गई रहेको रोजगार सेवा केन्द्रमा कार्यरत कर्मचारीको क्षमता अभिवृद्धि तालिमको उद्घाटन गर्दै मन्त्री अर्यालले यस्तो बताएका हुन् ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

 

रोजगार संयोजक भनेको सुचना संवाहको हो । त्यसैले गाउँ गाउँमा सही सुचना दिएर ठगिनबाट जोगाउन र स्वरोजगार हुनका लागि आवश्यक सहयोग गर्न उनले आग्रह गरे । “तपाईहरुको उपस्थित अत्यन्तै महत्वपूर्ण छ । हामीले यस कार्यक्रमको ढाँचा परिवर्तन गरी तपाईहरुलाई अझै जिम्मेवार बनाउन खोजेका छौँ । आफनो जिम्मेवारीलाई इमान्दारीतका साथ पुरा गर्नु हुनेछ भन्नेमा म विश्वस्त छु,” उनले भने । त्यस्तै, चार दिनसम्म सञ्चालन हुने तालिमको सफलताको पनि कामना गरे ।

श्रम मन्त्रालय अन्र्तगतको प्रधानमन्त्री रोजगार कार्यक्रमले शुक्रबार देखि लुम्बिनी प्रदेशका रोजगार संयोजकका लागि प्रशिक्षण तालिम शुरु गरेको छ । अन्तराष्ट्रिय श्रम संगठनको प्राविधिक सहयोगमा मन्त्रालयले तालिमको आयोजना गरेको हो । तालिममा लुम्बिनी प्रदेशका २०४ जना रोजगार संयोजकको सहभागीता रहेको छ । तालिम सात गतेसम्म सञ्चालन हुनेछ ।

GBIME
Nabil Bank

प्रतिक्रिया दिनुहोस्