Shikhar Insurance
National Life

चाँदी आयातको सिमा बढाउँदै राष्ट्र बैंक, ६० हजार डलरको सिमा परिवर्तन हुने

सिंहदरबार संवाददाता
२०८१ जेष्ठ ४, शुक्रबार १३:३५
Hyundai
NCELL
NIMB

काठमाडौं । चाँदी आयातको सिमा परिवर्तन हुने भएको छ । राष्ट्र बैंकले तेस्रो मौद्रिक नीति समिक्षा मार्फत व्यवस्था परिमार्जन गर्न लागेको हो । समिक्षाको ४३ नम्बर बुँदामा भनिएको छ, ‘चाँदी आयात तथा बिक्री वितरण सम्बन्धी विद्यमान व्यवस्थामा पुनरावलोकन गरिनेछ ।’ बैंकका अनुसार हाल चादी खरिद गर्न पाउने ६० हजार अमेरिकी डलरको सिमालाई परिमार्जन गर्न लागिएको हो ।

उद्योग वाणिज्य तथा आपुर्ति मन्त्रालय, नेपाल सुनचाँदी व्यवसायी महासंघ लगायतको दबाबमा बैंकले नीति परिमार्जन गर्न लागेको हो । देशभर चाँदीको गरगहना बनाएर बिक्री गर्नेको लागि कुनै समस्या नभएतापनि नेपालमा निर्माण गरी विदेश पठाउने व्यवसायीहरुलाई चादी अपुग भएको बैंकले जनाएको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance
GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्