Shikhar Insurance
National Life

पेट्रोलियम पदार्थको आयात घटाउने र विद्युतमा खपत बढाउने सरकारको निर्णय : प्रचण्ड

सिंहदरबार संवाददाता
२०८१ जेष्ठ ४, शुक्रबार १२:०७
Hyundai
NCELL
NIMB

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दहाल ‘प्रचण्ड’ले पेट्रोलियम पदार्थको आयात घटाउने र विद्युत क्षेत्रमा खपत बढाउने सरकारको निर्णय रहेको बताएका छन् । स्वतन्त्र ऊर्जा उत्पादकको संस्था, नेपाल (इप्पान) को २२ औं वार्षिक साधारणसभाका अवसरमा आज आयोजित कार्यक्रममा उनले यस्तो बताएका हुन् ।

सरकारले १० वर्षमा १० हजार मेगावट विद्युत उत्पादन गर्ने योजना बनाइसकेको बताउँदै उनले उर्जा क्षेत्रमा ढुक्क भएर लगानी गर्न आग्रह गरेका छन् । प्रधानमन्त्री प्रचण्डले भने, ‘विद्युत आयात गर्ने मुलुकबाट विद्युत निर्यात गर्ने मुलुकमा पुगेको छ । यो ऐतिहासिक सफलता हो । आन्तरिक खपतको महत्वपूर्ण पक्ष उर्जा क्षेत्र रहेको छ ।’

Citizen Life
Kumar Bank
Prabhu Insurance

उर्जा क्षेत्रमा २० हजार आयोजनाहरू निर्माणको चरणमा रहेको बताउदै उनले हालै भारत र बंगलादेशमा विद्युत व्यापार गर्ने दीर्घकालिन सम्झौता भएको बताए । उनले थपे, मेरो कार्यकालमा यति महत्वपूर्ण सम्झौता गर्ने अवसर मिलेको छ । लगानीकर्ताहरु उर्जा क्षेत्रमा लागानी गर्न दुविधा मानिरहनुभएको छ तर अहिले त्यस्तो अवस्थाको अन्त्य गरेका छौँ । उर्जा क्षेत्रमा ढुक्क भएको लगानी गर्नुहोस् ।’

कार्यक्रममा स्वतन्त्र ऊर्जा उत्पादकको संस्था, नेपाल (इप्पान) का अध्यक्ष गणेश कार्कीले उर्जा क्षेत्रको १९० प्रोजेक्टहरुले विद्युत उत्पादन गरिरहेको बताउँदै उर्जा क्षेत्रमा ५ हजारभन्दा बढी लगानीकर्ताहरुले लगानी गरेको बताए । उनले भने, ‘उर्जा क्षेत्रबाट वार्षिक १५ अर्ब बैदेशिक मुन्द्रा आर्जन गर्न सफल भएका छौँ । उर्जा क्षेत्रमा लगानी गर्न आन्तरिक तथा वाह्य लगानीकर्ताहरुलाई आग्रह गर्दछौँ ।’

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्