काठमाडौं । नेपाल राष्ट्र बैंकले घर र गाडी किन्न सहज हुने गरि मौद्रिक नीतिको समिक्षा गरेको छ । मौद्रिक नीतिको तेश्रो त्रैमासिक समिक्षा शुक्रबार सार्वजनिक गर्दै घर, जग्गा र गाडी खरिदमा लचकता अपनाएको हो ।
राष्ट्र बैंकले घर जग्गा खरिद प्रयोजनका लागि ऋण भुक्तानी आम्दानी अनुपातलाई ५० प्रतिशतलाई ७० प्रतिशत बनाएको हो ।
हायर पर्चेज प्रकृतिका कर्जामा रहेको जोखिम भारलाई १२५ प्रतिशतबाट घटाएर १०० प्तिशत बनाएको छ ।
प्रतिक्रिया दिनुहोस्