Shikhar Insurance
National Life

अस्ट्रेलियाको बेरोजगारी दर ४.१ प्रतिशत पुग्यो

सिंहदरबार संवाददाता
२०८१ जेष्ठ ४, शुक्रबार ११:२९
Hyundai
NCELL
NIMB

एजेन्सी । अस्ट्रेलियाको बेरोजगारी दर अप्रिलमा लगातार दोस्रो महिना बढेर ४.१ प्रतिशत पुगेको छ । अस्ट्रेलियाको तथ्याङ्क ब्युरो (एबीएस) ले बिहीवार जारी गरेको आधिकारिक तथ्याङ्कअनुसार बेरोजगारी दर मार्चमा ३.९ प्रतिशतबाट बढेर अप्रिलमा ४.१ प्रतिशत पुगेको हो ।

जुन जनवरी २०२२ पछिको सबैभन्दा उच्च दर हो । बेरोजगारी दरमा वृद्धि मार्च र अप्रिलको बीचमा ३८ हजार ५ सय जनाले रोजगारीमा रहेका अस्ट्रेलियालीहरूको संख्यामा वृद्धि भएपनि ४४ हजार ६ सय आंशिक रुपमा र पूर्ण–समय भुमिकामा ६ हजार १ सयको गिरावट आएको छ । सोही अवधिमा, बेरोजगार व्यक्तिहरूको संख्या ३० हजार ३ सयले बढेर ६ लाख ४ हजार २ सयमा पुगेको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

रोजगारीमा रहेका वा कामको खोजीमा रहेका काम गर्ने उमेरका जनसंख्याको अनुपात मापन गर्ने सहभागिता दर मार्चमा रहेको ६६.६ प्रतिशतको तुलनामा अप्रिलमा अलिकति बढेर ६६.७ प्रतिशत पुगेको छ ।अप्रिलमा अष्ट्रेलियालीहरूले काम गरेको कुल घण्टाको संख्या १.९६ बिलियन थियो । अप्रिल २०२३ को तुलनामा १ करोड ५० लाख कम हो । कोषाध्यक्ष जिम चाल्मर्सले प्रश्तुत गर्नुभएको संघीय बजेटले जुन २०२४ सम्ममा बेरोजगारी ४.२५ प्रतिशत र जुन २०२५ सम्म ४.५ प्रतिशतमा पुग्ने प्रक्षेपण गरेको छ ।

 

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्