काठमाडौं । साताको अन्तिम कारोबार दिन सुनचाँदीको मूल्य घटेको छ । शुक्रबार छापावाला सुनको मूल्य प्रतितोला १ लाख ३९ हजार ३ सय रुपैयाँमा खरिद बिक्री भएको छ । बिहीबार सुनको मूल्य १ लाख ४० हजार रुपैयाँमा खरिद बिक्री भएको थियो ।
नेपाल सुनचाँदी व्यवसाय महासंघको अनुसार तेजावी सुनको मूल्य प्रतितोला १ लाख ३८ हजार ६ सय ५० रुपैयाँमा खरिद बिक्री भएको छ भने अघिल्लो दिन प्रतितोला १ लाख ३९ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो ।
साथै, चाँदीको मूल्य आज प्रतितोला ५ रुपैयाँले सस्तिएको छ । शुक्रबार चाँदीके मूल्य प्रतितोला १ हजार ८ सय रुपैयाँमा कारोबार भएको छ ।
अघिल्लो दिन प्रतितोला १ हजार ८ सय ५ रुपैयाँमा कारोबार भएको थियो ।
प्रतिक्रिया दिनुहोस्