Shikhar Insurance
National Life

२६.३१ प्रतिशत लाभांश प्रस्ताव पारित गर्न आइएमई लाइफले डाक्यो जेठ २८ गते

सिंहदरबार संवाददाता
२०८१ जेष्ठ ४, शुक्रबार १०:०४
Hyundai
NCELL
NIMB

काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्सले सातौं वार्षिक जेठ २८ गते बोलाएको छ । कम्पनीको जेठ २ गते बसेको सञ्चालक समितिको निर्णय अनुसार सभा जेठ २८ गते आम्रपाली ब्याङ्गकेट क्याटरिङ्ग एण्ड इभेन्ट प्रालि नक्साल काठमाडौंमा बिहान ११ बजे बस्ने आव्हान गरेको हो ।

सभामा आर्थिक वर्ष २०७९। ८० को वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्नेछ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

सभामा चालू आवको लागि लेखापरिक्षकको नियुक्ती र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पारित गर्नेछ ।

सभाले २५ प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि १.३१५८ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पनि पारित गर्नेछ ।

सभामा सर्वसाधारण सेयरधनी समूहबाट सञ्चालक समितिमा प्रतिनिधित्व गर्न उक जना सञ्चालकको निर्वाचन पनि सभाले गर्नेछ ।

कम्पनीको गत पुस ४ गते बसेको सञ्चालक समितिको बैठकले सञ्चालक समितिमा रित्त रहेको संस्थापक सेयरधनी समूहमा बाँकी कार्यकालका लागि संस्थाफक शेयरधनीहरुबाट सञ्चालकहरुको नियुक्ती गरेकोमा सो नियुत्त सभाले अनुमोदन गर्नेछ ।

कम्पनीले साधारण सभा प्रयोजनको लागि जेठ १४ गते एक दिन बन्द गर्नेछ । जसअनुसार जेठ १३ गते सम्म कायम सेयरधनीहरुले साधारण सभामा भाग लिन र लाभांश पाउने एक सूचना मार्फत जानकारी गरेको छ ।

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्