Shikhar Insurance
National Life

चौथो पटक बिश्वासको मत लिदै प्रचण्ड, सरकार बिस्तारको योजना

सिंहदरबार संवाददाता
२०८१ जेष्ठ ४, शुक्रबार ०८:०९
Hyundai
NCELL
NIMB

काठमाडौं । प्रधानमन्त्री पुष्प कमल दहाल प्रचण्डले जेठ ७ गते संसदमा बिश्वासको मत लिने भएका छन् ।

जनता समाजवादी पार्टी नेपाल ३१ वैशाखमा सरकारबाट बाहिरिँदै समर्थनसमेत फिर्ता लिएपछि प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिन लागेका हुन् ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

सत्ता साझेदार दलले समर्थन फिर्ता लिए ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था छ ।
२०७९ साल पुस १० गते प्रधानमन्त्री बनेका प्रचण्डले विश्वासको मत लिन लागेको यो चौथो पटक हो ।
उनले २०७९ पुस २६ गते पहिलोपटक, चैत ६ गते दोश्रो पटक र २०८० फागुनमा तेस्रोपटक बिश्वासको मत लिएका थिए । पहिलोपटक २६८ सान्सद, दोस्रोपटक १७२ र तेस्रोपटक १५७ मत पाएका थिए । यसपाली प्रचण्डलाई जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टीले पनि मत दिनेछन् र सरकारमा सहभागी हुनेछन् ।

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्