Shikhar Insurance
National Life

निषेधाज्ञाकाे मारमा सर्लाहीका किसान: खेतमै कुहियो खर्बुजा

सिंहदरबार संवाददाता
२०७८ जेष्ठ ६, बिहीबार १३:१८
Hyundai
NCELL
NIMB

सर्लाही । कोरोना महामारीका कारण बजार बन्द भएपछि सर्लाहीमा किसानहरुले उत्पादन गरेको खर्बुजा कुहिने अवस्थामा पुगेको छ । बरहथवा नगरपालिका ७ मा करिब रु १५ लाखको खर्बुजा बिक्री गर्न नपाएको किसान विशालराज गिरीले गुनासो गरे ।

गिरीले राम्रो उत्पादन र आम्दानीको आशमा डेढ बिघा जमिन भाडामा लिएर खर्बुजा खेती गरेका थिए । खेतमा उत्पादन भएको खर्बुजा बिक्री गर्ने समयमा निषेधाज्ञा लागेपछि किसान मारमा परेका हुन् ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

“बजार सबै बन्द छ, आफैँले खाएर सक्ने कुरा पनि होइन, खर्बुजा बिक्री नभएपछि खेती गर्दाको ३ लाख २५ हजार ऋण कसरी तिर्ने भन्ने चिन्ताले आफुलाई सताउन थालेको छ”, गिरी भन्छन् । गिरीले बिघाको वार्षिक रु ७५ हजारमा जग्गा भाडामा लिएका हुन् । गिरीले इजरायली ५ जातका खर्बुजा लटरम्मै फलाएकोमा एक थरी साढे ३ र अर्को ५ किलोसम्मका छन् । गिरीका अनुसार उत्पादन भएको ७० क्विन्टल खर्बुजा खेतमा अलपत्र परेको छ । वैशाखको पहिलो साताबाटै खर्बुजा बिक्रीका लागि तयार भएको थियो ।

खेतमा रहेको खर्बुजा जेठ अन्तिमसम्म बिक्री नभए कुहिने भन्दै जिल्लाका किसान समस्यामा परेका छन् । जिल्लामा कोरोना सङ्क्रमण नियन्त्रणका लागि वैशाख २५ गते राति १२ बजेदेखि जारी निषेधाज्ञा जेठ १० गते राति १२ बजेसम्मका लागि लम्ब्याइएको छ ।

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्