Shikhar Insurance
National Life

१० महिनामा भन्सारले उठायो ३ खर्ब ४४ अर्ब ५८ करोड महसुल, कुन कार्यालयको प्रगति कति ?

सिंहदरबार संवाददाता
२०८१ जेष्ठ ३, बिहीबार १६:१५
Hyundai
NCELL
NIMB

काठमाडौं । भन्सार विभागले बैशाख महिनामा ३ खर्ब ४४ अर्ब ५८ करोड भन्सार महसुल संकलन गरेको छ । विभागले लक्ष्यको ६६.६ प्रतिशत मात्रै राजस्व असुल गरेको हो ।

विभागको तथ्यांक अनुसार लक्ष्यको तुलनामा सबैभन्दा धेरै राजस्व संकलन गर्ने तातोपानी भन्सार कार्यालय रहेको छ । यो कार्यालयले चालु वर्षको १० महिनामा ९ अर्ब ९२ करोड महसुल संकलन गरेको छ । कार्यालयलाई विभागले १० महिनामा ६ अर्ब ३७ करोड महसुल संकलनको लक्ष्य दिएको थियो । कार्यालयले थपिएको लक्ष्यमा समेत १५५ प्रतिशत बढि राजस्व संकलन गरेको हो । कार्यालयबाट चालु वर्ष १३ अर्ब बढी राजस्व संकलन हुने प्रमुख भन्सार अधिकृत दयान्द केसीले जानकारी दिए । उनका अनुसार विद्युतीय गाडीको आयातमा वृद्धि हुदाँ राजस्व संकलनमा समेत वृद्धि भएको हो ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

दोस्रो धेरै राजस्व संकलन गर्ने कार्यालयमा रसुवा भन्सार कार्यालय रहेको छ । यो कार्यालयले १० महिनामा १५ अर्ब ५६ करोड महसुल संकलन गरिसकेको छ । १० महिनामा रसुवाका लागि विभागले दोस्रो पटक लक्ष्य थप गरेको थियो । थपिएको लक्ष्यमा कार्यालयले ९८.१ प्रतिशत महसुल संकलन गरेको छ ।

रसुवा भन्सार कार्यालयबाट पनि विद्युतिय गाडीले नै महसुल बढाएको हो । दोस्रो पटक थपिएको लक्ष्य समेत पुरा हुने कार्यालयका प्रमुख भन्सार अधिकृत रामप्रसाद पाठकले जानकारी दिए । उनका अनुसार विद्युतीय गाडीको आयात वृद्धिले २० अर्ब भन्दा बढी राजस्व संकलन हुनेछ ।

देशको सबैभन्दा ठूलो भन्सार कार्यालय बीरगञ्जले लक्ष्यको ६२.६ प्रतिशत मात्रै महसुल संकलन गरेको छ । यो कार्यालयको नेतृत्व सहसचिव डिलारम पन्थीले गरिरहेका छन् । १० महिनामा यो कार्यालयले १ खर्ब २७ अर्ब ४६ करोड महसुल संकलन गरेको छ । लक्ष्य पुरा गर्न कार्यालयले २ खर्ब ३ अर्ब महसुल उठाइसक्नु पर्ने थियो ।

दोस्रो ठूलो भन्सार कार्यालय भैरहवा भन्सार कार्यालयले ६५ अर्ब ९१ करोड महसुल संकलन गरेको छ । विभागले दिएको लक्ष्यको ६२.२ प्रतिशत प्रगति हो । यो कार्यालयको नेतृत्वमा उपसचिव नारद गौतम रहेका छन् ।

उप सचिव डा.रामप्रसाद मैनालीले नेतृत्व गरेको शुख्खा बन्दरगाह भन्सार कार्यालयले लक्ष्यको ७३.९ प्रतिशत राजस्व संकलन गरेको छ । विभागको तथ्यांक अनुसार कार्यालयले ४० अर्ब १४ करोड महसुल संकलन गरेको छ । उपसचिव ज्ञानेन्द्र ढकालले नेतृत्व गरेको विराटनगर भन्सार कार्यालयको प्रगति निकै कम देखिएको छ । यो कार्यालयले लक्ष्यको ५८.९ प्रतिशत मात्रै महसुल संकलन गरेको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्