Shikhar Insurance
National Life

लक्ष्मी सन्‌राईज र समता एजुकेशनबीच समझदारी, नारी शिक्षाको उद्देश्यलाई सक्रिय बनाउने

सिंहदरबार संवाददाता
२०८१ जेष्ठ ३, बिहीबार १५:४७
Hyundai
NCELL
NIMB

काठमाडौं । लक्ष्मी सन्‌राईज बैंक र समता एजुकेशन ट्रस्टबीच समझदारी भएको छ । बैंकले सो पहलअन्तर्गत विगतका वर्षहरूमा नारी शिक्षाको उद्देश्यलाई सक्रिय रूपमा समर्थन गर्न बैंकले ‘शिक्षित लक्ष्मी’ पहलको थालनी गर्दै सम्झौता गरेको हो ।

यस पहल अन्तर्गत आगामी ७ वर्षमा कूल ३५ लाख रकम प्रदान गर्ने गरी बैंकले हालै समता एजुकेशन ट्रस्टसँग समझदारी गरेको छ । सो रकमले देशभरीका समता स्कूलमा अध्ययनरत सामाजिक र आर्थिक रूपमा विपन्न छात्राहरुले वार्षिक रूपमा छात्रवृत्ति प्राप्त गर्ने कम्पनीले जनाएको छ ।यस पहलले नारी शिक्षालाई प्रोत्साहन गरी उनीहरुलाई राष्ट्र निर्माणमा योगदान पुर्याउन सक्षम बनाउँदै समावेशी र समतामूलक समाज निर्माण गर्ने उद्देश्य बैंकले राखेको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

यसै गरी बैंकले आगामी ५ वर्ष सम्ममा करोडको छात्रवृत्ति कोष स्थापना गर्न काठमाडौं विश्वविद्यालयसँग सम्झौता गरेको छ । सो कोष मार्फत सोही विश्वविद्यालयबाट (विज्ञान, प्रविधि, इन्जिनियरिङ्गग र गणित) विषयहरुमा स्नातकोत्तर वा विद्यावारिधि गर्न चाहने योग्य तथा आर्थिक रूपमा विपन्न महिलाहरुले छात्रवृत्ति प्राप्त गर्नेछन् । सो कार्यक्रम अन्तर्गत छात्रवृत्ति प्राप्त गर्ने महिलाहरुको संख्या वर्षेनी बढाउदै लगिने बैंकले जनाएको छ ।

यस छात्रवृत्ति मार्फत २०२४ ब्याचका इरादा सुवेदी (एमइ स्ट्रकचरल इन्जिनियरिङ्ग) र सुनेना न्याछ्योँ (एमएससी इ एस) हाल अध्ययनरत छन् ।
यस अघि पनि बैंकले नेपाल प्रहरीसँगको सहकार्यमा नेपालभरीका प्रहरी विद्यालयहरुमा अध्ययनरत योग्य छात्राहरुलाई यस्तै प्रकारको अक्षय कोष स्थापना गरी छात्रवृत्ति प्रदान गर्दै आएको छ । यस बाहेक बैंकले छात्राहरुलाई अन्य क्षेत्रहरुमा सहयोग गर्नुका साथै महिला उत्थानका लागि विभिन्न अभियानहरु संचालन गर्दै आएको छ ।

लक्ष्मी सन्राईज बैंकको ‘शिक्षित लक्ष्मी’ मार्फत शिक्षाको प्रवर्द्धन र महिला सशक्तिकरण प्रतिको प्रतिबद्धतालाई झल्काउँछ। लैङ्गिक समानतालाई आत्मसाथ गर्दै विभिन्न क्षेत्रहरूमा महिलाहरूको उत्थानमा टेवा पुर्याउने सो पहल बैंकको संस्थागत सामाजिक उत्तरदायित्वको एक मुख्य अङ्ग हो ।

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्