काठमाडौं । साताको अन्तिम कारोबार दिन सेयर बजार सामान्य अंकले बढेको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ०.७९ अंकले बढेर २०१८.७६ मा पुगेको हो ।
बिहिबार सीइडीबी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडको सबैभन्दा धेरै कारोबार भएको छ । कम्पनीको ४३ करोड ९० लाख ५७ हजार ७ सय ३४ रुपैयाँ कारोबार भएको छ । कम्पनीको सेयर प्रतिकित्ता ८ सय १० रुपैयाँ रहेको छ ।
साथै, पोखरा फाइनान्स, पिपुल्स पावर, हिमालयन लघुवित्त, जिवन विकास लघुवित्त, नेपाल फाइनान्सको सर्वाधिक कारोबार भएको छ ।
प्रतिक्रिया दिनुहोस्