Shikhar Insurance
National Life

बिहिबार ३ लघुवित्तको सेयरमा सकरात्मक सर्किट, अन्य कुनको कति ?

सिंहदरबार संवाददाता
२०८१ जेष्ठ ३, बिहीबार १५:१६
Hyundai
NCELL
NIMB

काठमाडौं । साताको अन्तिम कारोबार दिन सेयर बजार सामान्य अंकले बढेको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ०.७९ अंकले बढेर २०१८.७६ मा पुगेको हो ।

बिहिबार ३१५ कम्पनीको ८२ लाख ८२ हजार ५ सय ५६ कित्ता सेयर किनबेच ४ अर्ब २३ करोड ३८ लाख १६ हजार ४ सय ३ रुपैयाँको कारोबार भएको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

आज ३ लघुवित्त कम्पनीको सेयरमा सकरात्मक सर्किट लागेको छ । हिमालयन लघुवित्त, जाल्पा सामुदायिक लघुवित्त र श्रृजनशील लघुवित्तको सेयरमा र्सिर्कट लागेको हो ।

साथै, स्वाभिमान लघुवित्तको ९.९४ प्रतिशत, सीइडीबी हाइड्रोपावरको ९.६१ प्रतिशत, ग्लोबल आइएमई लघुवित्तको ९.०३ प्रतिशत सहित १२२ कम्पनीको सेयर मूल्य बढेको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्